सीमामा रहेका जनतालाई प्रधानमन्त्री ओलीको सन्देश : यो देशभक्ति उम्लिने बेला होइन !

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल– भारत सीमामा क्वारेन्टाइनमा रहेका नेपाली नागरिकलाई को;रोना रहित अवस्थामा स्वदेश फर्काउन सरकारले प्रयास गरेको स्पष्ट पारेका छन्। आइतबार सरकारी सञ्चार माध्यमसँगको अन्तर वार्तामा प्रधानमन्त्री ओलीले यो बेलामा संविधानको किताब हेरेर हिँडडुलको अधिकार खोज्ने होइने नभएर को;रोनाबाट बच्ने रहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले भने, ‘स्वदेश आउन पाउनुपर्छ । तर देशभक्ति उम्लिने कतिबेला ? हामी उहाँहरुलाई कोरोनारहित अवस्थामा स्वदेश फर्काउन चाहन्छौँ । के सङ्क्रमितलाई धमाधम ल्याएर गाउँगाउँ पठाएर अरु मान्छे सोत्तर बनाउनुपर्छ भन्ने हो ? हामीले सीमा मा अलपत्र परेकालाई इच्छाअनुसार होटलमा वा क्वारेन्टाइन राख्न भनेका छौँ ।

प्रम ओलीले केही मानिस होटलमा नबस्ने, क्वारेन्टाइनमा नजाने अनि दशगजामा सुत्ने गरेको पनि पाइएको बताउँदै नेपालीलाई पारि पनि खानबस्न व्यवस्थाका लागि सरकारले सम्बन्धित सरकारसँग कुरा भएको बताए। ‘जसरी पनि आउनुपर्ने ? हामी भारतको सङ्क्र मणको स्थिति हेरेर मात्रै सीमा खुलाउँछौँ । सुदूरपश्चिमलाई कोरोनाको इपिसेन्टर हुन दिँदैनौँ । यस्तो बेलामा संविधानको किताब हेरेर हिँडडुलको अधिकार खोज्ने होइन, कोरोनाबाट बच्ने हो,’ प्रम ओलीले स्पष्ट पारे ।

आफूले नेपालीहरु रहेका विभिन्न मुलुकका समकक्षीसँग चरणबद्ध रूपमा कुरा गरिरहेको पनि जानकारी दिए। ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि विभिन्न सरकार प्रमुखसँग कुरा गरेको छु। र अन्य संयन्त्रले सम्बन्धित तहमा कुरा गरिरहेका छन। त्यहाँका सरकारले त्यहाँ रहेका श्रमिक र विद्यार्थी नेपालीलाई आवश्यक उचित प्रबन्ध गछौँ भनेका छन्, त्यसकारण आत्तिनुपर्ने स्थिति छैन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्