अब कोशी अस्पतालमा उपचाररत को’रोना संक्रमित बिरामीलाई रोर्बटले खानेकुरा पुर्‍याउने

विराटनगर । विराटनगर स्थित कोशी अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामीलाई रोर्बटले खानेकुरा पुर्‍याउने भएको छ । विराटनगर महानगरपालिकाले कोरोना विशेष अस्पतालका लागि तयार पारेको उक्त रोवर्टले अस्पताल परिसरमा हानिकारक जिवाणु मार्न औषधि छर्ने काम पनि गर्नेछ ।

मेयर भीम पराजुलीले अस्पतालमा कोरोना संक्रमितलाई राखिएकाले उनीहरूको संसर्गबाट अरुलाई को;रोना संक्रमण नहोस् भनेर रोबर्टको सहायता लिन लागिएको बताए। को’भिड–१९ विषेश कोशी अस्पतालमा अहिले उदयपुरबाट ल्याइएको १३ जना को;रोना संक्र मितलाई राखिएको छ । विराटनगर महानगरपालिका संयोजनमा कारखाना नामक संस्थाले पाँच दिन लगाएर यो रोर्बटको विकास गरेको हो ।

पाँच जना युवाको समूहले ५० हजार रुपैयाँको लागतमा रोबर्ट तयार पारेको रोबर्ट तयार पार्ने कामको नेतृत्व गरेका शिरब आर्चायले बताए ।रोवर्टलाई रिमोट कन्ट्रोलको सहायताले चलाउन सकिन्छ । रोबर्टलाई गुडाउन स्ट्रेचरको पांग्रा जडान गरिएको छ ।रोबर्टले स्प्रे गर्ने समय आफैँ जानकारी गराउँछ भने ऊ हिँड्ने बाटोमा कुनै अवरोध भए हट्न सूचित पनि गर्छ । रोवर्ट सोमबारदेखि सञ्चालनमा ल्याइने अस्पतालले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्