लकडाउनमा अलपत्र श्रमिकहरुलाई उर्जामन्त्री वर्षमान पुनले बस चढाएर पठाए रोल्पा

काठमाडौं : उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले लकडाउनमा अलपत्र परेका रोल्पामा श्रमिकहरुलाई बस चढाएर गृहजिल्ला पठाएका छन् । काभ्रेबाट पैदल हिँडेर आइतबार काठमाडौंको साँखु आइपुगेका रोल्पाका ४६ र दाङका ४ जना मजदुरलाई जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा २ वटा बसमा उनीहरुलाई रोल्पा पठाइएको हो ।

काभ्रेको इटा भट्टामा काम गर्ने उनीहरुलाई आइतबार बिहान शंखरापुर नगरपालिकाले स्वास्थ्य परिक्षण गरी खाना खुवाएर राखेको बारे रातोपाटीमा समाचार प्रकाशन भएको थियो। मन्त्री पुनले प्रधानमन्त्रीको निर्देशन बमोजिम बाटोमा अलपत्र परेका नागरिकको उद्धार गर्ने नीति अनुसार दाङ र रोल्पाका मजदुरको उद्धार गरेर घरसम्म पठाउने काम गरेको रातोपाटीलाई जानकारी दिए ।

उनले भने–‘रोल्पाका मजदुरहरु अलपत्र अवस्थामा हिडिरहेको सुचना मलाई शंखरापुर नगरपालिकाका मेयर र त्यहाँका प्रहरी साथीहरुले दिएका थिए। उनीहरुलाई साँझसम्म बसको व्यवस्था गरेर जिल्ला प्रशासन कार्यालय काठमाडौंको समन्वयमा घर पठाएका छौँ । आज साँझ साढे ७ बजे उहाँहरुलाई लिएर बस हिँडेको छ ।’ यस्तै भक्तपुर र लतिलपुरमा पनि विभिन्न स्थानबाट अप्ठेरो परेर आएकाहरुलाई ६ वटा बसमा पठाईएको मन्त्री पुनले जानकारी दिए ।

ललितपुरमा अलपत्र परेकाहरुलाई एउटा र भक्तपुरमा अलपत्र परेकाहरुलाई ६ वटा बस र काठमाडौंको साँखुबाट २ वटा बसमा उनीहरुलाई गन्तब्यसम्म पु¥याइएको हो । मन्त्री पुन स्वंय भक्तपुर पुगेर अलपत्र परेका श्रमिकहरुलाई बिदाई गरेका थिए । सरकारको नीति अनुसार प्रदेश र स्थानीय तहहरुसँग समन्वय गरेर उनीहरुको उद्धार गरिएको मन्त्री पुनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्