हल्का वर्षा र हिमपातपछि कालिन्चोक र सैलुङ

दोलखा, ५ माघ । यहाँस्थित धार्मिक तथा पर्याटकीय क्षेत्र कालिन्चोक र सैलुङ क्षेत्रमा हिमपात सुरु भएको छ। हिमाली जिल्ला दोलखाको कालिन्चोक, सैलुङ लगायतका उच्च भुभागहरुमा शनिबार बिहानैदेखि हिमपात सृुरु भएको थियाे। हिउँ परेपछि चिसोका कारण जनजीवन प्रभावित बनेको छ ।

हल्का वर्षासहित हिमपात भएसंगै जिल्लाका उच्च भुभाग तथा तथा डाँडा र थुम्काहरु सेताम्य देखिएका छन् । जिल्लाको कालिन्चोक, कुरी बजार, खरिढुंगा, शैलुङ डाँडा, लगायतका उच्च भागमा हिमपात भइरहेको छ भने अधिकंश भागमा हल्का वर्षा भएको छ।

व्यवसायी उत्साहित : पर्यटकीय क्षेत्रमा हिम पात सुरु भएसंगै यहाँका व्यवसायीहरु भने उत्साहित भएका छन् । आन्तरिक तथा बा’ह्य पर्यटकहरुको आकर्षणको केन्द्र बन्दै गएको कालिन्चोक र सैलुङ क्षेत्रमा सहज तरिकाले पुगेर हि’उँ खेल्न सकिन्छ । साेही कारण पर्याटकहरु बढ्दा व्यवसाय पनि फस्टाउने भएकाले व्यवसायीहरु उत्साहित भएका हुन् ।

३ हजार ८४२ मिटरको उचाईमा रहेको पर्यटकीय एवं धार्मिक क्षेत्र कालिन्चोकमा र ३ हजार १४६ मिटरमा रहेको सैलुङ क्षेत्रमा पछिल्लो समय पर्याटकहरुको अकर्षण बढ्दै गएको छ । हिउँ खेल्न संघीय राजधानी काठमाडाैँ तथा अन्य क्षेत्रबाट समेत पर्याटकहरुको संख्यामा वृद्धि हुने कालिन्चोकका होटल व्यवसायी हरी वलीले बताए ।

किसान पनि खुसी : जिल्लाको अधिकांश ठाँउमा भएको वर्षासँगै यहाँका किसानहरु पनि खुसी भएका छन। जिल्लामा राम्रो उत्पादन हुने तरकारी तथा खाद्यन्न बालीका लागि यो समयमा परेको वर्षाले उत्पादनमा वृद्धि हुने भएकाले किसानहरु खुसी भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्