को’रोनालाई जितेर घर फर्केका युवकले भने- अब अझै १५ दिन अलग्गै बस्नेछु

कैलाली, ७ बैशाख। कैलालीका लम्की चुँहा नगरपालिका–९ का २१ बर्षीय युवा को;रोना सं’क्रमणको उपचार पछि घर फर्किएका छन्। सेती प्रादेशिक अस्पतालमा उपचारका लागि दुई साता बसेका राज विकलाई का;रोनाको संक्रमण ठीक भएपछि घर पठाइएको हो । दुई साताको उपचारपछि पछिल्लो पटक गरिएको परीक्षणले उनमा को;रोना नेगेटिभ देखिएको छ ।

विक चैत ११ गते मुम्वईबाट कैलाली आइपुगेका थिए । उनलाई चैत २३ गते को;रोना देखिएको थियो । लम्की चुँहा नगरपालिका–९ स्थित प्रताप पुरको क्वारेन्टाइनमा रहेका ४१ जनामध्ये उनलाई को;रोना देखिएको थियो । अस्पतालबाट छुट्ने क्रममा उनले आफूले राम्रो उपचार पाएको बताए । चिकित्सकको सल्लाह अनुसार आफु अझै १५ दिन अलग्गै बस्ने बताए ।

सेती प्रादेशिक अस्पतालका डाक्टर जगदीश जोशीले अस्पतालमा उपचाररत अन्य चार संक्रमितको अवस्था सामान्य रहेको जानकारी दिनुभयो । को;रोना भाइरस वि’रुद्ध डटिरहेका नेपाली चिकित्सकहरुको यो चौथो सफलता हो। तेस्रो पटकको रिपोर्ट समेत नेगेटिभ आएपछि उनलाई अस्पतालले आज अपरान्ह साढे ४ बजे डिस्चार्ज गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्