को’रोनालाई जितेर घर फर्केका युवकको सन्देश : हिम्मत हार्नु हुदैन, को’रोनालाई जितिन्छ

लम्की, वैशाख ८ गते। नेपालमा को;रोना संक्रमितको संख्या ३१ पुगेको छ। तिनमध्ये सं’क्रमण निको भएर चार जना घर फर्कि सकेका छन्। सेती प्रादेशिक अस्पताल धनगढीमा उपचाररत कैलालीका २१ वर्षीय युवक राज विक पनि नतिजा नेगेटिभ आएपछि घर फर्किनु भएको छ । सेती अस्पतालमा उपचाररत पांँचमध्ये विक भारतको मुम्बईबाट गत चैत ८ गते घर फर्कनुभएको हो ।

चैत १० गते धनगढीको गौरीफन्टा पुग्नुभएका उहाँ लक डाउनका कारण सीमामा रोकिएपछि प्रदेश सरकारले चैत ११ गते राति उद्धार गरी चैत १२ गते बिहान घर पुग्नुभएको थियो । घर पुगेलगत्तै लम्कीचुहा नगरपालिकाको क्वारेन्टाइनमा बस्नुभएका उहाँको कोभिड–१९ संक्रमणको नतिजा पोजेटिभ आएपछि चैत २२ गते सेती प्रादेशिक अस्पताल धनगढीको आइसो लेशनमा राखी उपचार शुरु गरिएको हो । स्वाब परीक्षण नतिजा दुई पटकसम्म नेगेटिभ आएपछि विकलाई अस्पतालले आइतबार घर पठाएको छ । आइतबार सांँझ ६ बजे घर पुग्नुभएको कोरोना विजेतासंँग राससकर्मी दुर्गा देवकोटाले गर्नुभएको कुराकानीको अंशः

१. आइसोलेशनमा तपाईँको दिनचर्या कसरी बित्यो ?

म १६ दिन आइसोलेशनमा बसेर फर्किएको छु । नयांँ जीवन पाएजस्तै लागेको छ। अस्पतालमा बस्दा फेसबुक चलाए, युट्युबमा विभिन्न भिडियो, चलचित्र हेरेर बस्थँे, फोनमा धेरै साथी हरुसंँग कुराकानी गर्थेँ । अस्पतालले ‘भागवत गीता’ दिएको थियो, त्यो पनि पढेंँ । अस्पतालमा हामी पांँच जना सं’क्रमित थियाँैं । हामीलाई अलग अलग कोठामा राखिएको थियो । हामी आफ्नो कोठाको बाहिर निस्केर एक आपसमा गफ गथ्र्याैँ । एक अर्काका समस्या बारे जानकारी लिन्थ्यौंँ । हामी सबैलाई खासै समस्या थिएन ।

२. डाक्टर र नर्सको व्यवहार कस्तो पाउनु भयो ?

डाक्टर, नर्सहरुले निकै राम्रो व्यवहार गरे । हाम्रो कोठामा भने कोही आएनन् । खानेकुरा र औषधि झ्याल बाटै दिन्थे । फोन गरेर पटक पटक जानकारी लिन्थे । बाहिरबाट हेर्थे, कुरा गर्थे, रमाइलो कुरा गरी हंँसाएर जान्थे । एक दिन भने एक जना डाक्टर मेरो नजीकै आउनु भएको थियो । उहांँले नआत्तिन आग्रह गर्नुभयो । हामी तपाईँको साथमा छौंँ भन्नुभयो, निकै खुशी लागेको थियो ।

३. कत्तिको डराउनु भएको थियो, अन्य बिरामी कत्तिको त्रसित थिए ?

को’भिड –१९ लाग्यो भनेपछि त्यसै डरलाग्दो रहेछ। संक्रमण भयो भनेपछि मलाई तनाव भयो। हामी पांँच जना संक्रमित पनि एक आपसमा भेट्नै डर लागेको थियो । रोग लागेको छ भनेपछि बांँच्नुपर्छ भन्ने लाग्दो रहेछ । जीवनमा देखेका सपनाहरु सम्झिएँ, जीवन के हो त्यतिखेर बुझेंँ । डाक्टरहरुसँंग कुरा गर्दा हिम्मत मिल्ने रहे छ । मलाई कुनै पनि लक्षण भने देखिएको थिएन तर पनि सं’क्रमण देखियो भने पछि अलि ड’राएको थिएँ । कोरोना संक्रमण भएका बिरामी राखिएका छन् भनेपछि हामी बस्ने वार्डमा अन्य कोही मानिस आउंँदैनथे । डाक्टर र नर्सबाहेक अन्य कोही आएनन् ।

४. तपाईँलाई केके लक्षण देखिएको थियो ?

मलाई केही समस्या नै भएन । मलाई कुनै पनि लक्षण देखिएन । ज्वरो, खोकी, श्वास प्रश्वासमा समस्या जस्ता कुनै लक्षण थिएनन्। म एकदमै स्वस्थ थिएँ । लक्षण नदेखिए पछि शुरुका केही दिन त मैले डाक्ट रहरुलाई म संक्रमित छैन भनेर जिद्दी गरँें । मलाई मात्र होइन अन्य चार जनालाई पनि खासै समस्या छैन । धनगढीका विदेशबाट आएका दाइलाई भने खोकी लाग्थ्यो । अरु सबै सामान्य छन् ।

५. अब कसरी बस्नुहुन्छ ?

म विपन्न परिवारको मानिस हुंँ । म भारतको होटलमा खाना पकाउने काम गर्थेँ । मैले कमाएर मेरो घर चलेको छ। अहिले त केही दिन छुट्टै बस्छु। घरमा आफैँ पकाएर खान मिल्ने व्यवस्था छैन तर छुट्टै बस्ने, कसैलाई नछुने, सुरक्षित तवरले बसेको छु । म घर फर्केपछि मेरी आमा धेरै खुशी हुनुभएको छ । घरमा हामी ११ जनाको परिवार छ । मेरो आमाका सपना पूरा गर्नुछ । एक हप्तापछि पुनःपरीक्षण गर्ने भनिएको छ । अहिले त डाक्टरहरुले भने अनुसार बस्छु । पछि त काम गर्नैपर्छ, नत्र जीवन कसरी चलाउनू ?

६. को’भिड –१९ संक्रमणबाट बच्न अन्यलाई के सुझाव दिनुहुन्छ ?

मैले अस्पताल बस्दा तातोपानी धेरै खाएँ । पटकपटक खाना, फलफूल खाएँ । खानपिनमा ध्यान दिनुस्। लक डाउन पालना गराँैं । सकेसम्म एक आपसमा टाढा रहाँैं । सं’क्रमण देखिहाले पनि नआत्तिन अनुरोध गर्छु । हिम्मत भए सञ्चो हुन्छ । को;रोना लाग्यो भनेपछि मानिस बढी आत्तिने रहेछन्। नआत्तिए रोग जित्न सकिन्छ । मलाई साथ दिने र सहयोग गर्ने सबैलाई धन्यवाद । मेरो उपचारमा खटिने डाक्टर, नर्स, लम्की चुहा नगरपालिका, साथीभाइ मेरो स्वास्थ्यलाभको कामना गर्नेहरुप्रति आभारी छु। रासस

प्रतिक्रिया दिनुहोस्