महरालाई कुनै पनि आधारमा दो’षी ठहर गर्न मिल्ने प्रमाण भेटिएन : अदालत

काठमाडौं । जिल्ला अदालत काठमाडौंले ब’ला’त्का र प्रयासको अ’भियोग लागेका पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाउने मुख्य आधार नै पी’डित भनिएकी महिलाको इ’न्कारी बयान भएको ठहर गरेको छ । न्यायाधीश अम्मरराज पौडेलले गरेको फै’सला अनुसार महरालाई कुनै पनि आधारमा दो’षी ठहर गर्न मिल्ने प्रमाण नभेटिएको फैसलाको पूर्ण पाठमा उल्लेख छ ।

जिल्ला अदालतबाट महराले गत ५ फागुन २०७६ मा स’फाइ पाएर छुटेको भए पनि फैसलाको पूर्ण पाठ भने केही समय अघि मात्रै आएको हो । पी’डित भनिएकी संसद् सचिवालयकी कर्मचारीले अ’नुसन्धानका क्रममा र पछि अदालतमा बकपत्र गर्दा आफू माथि ब’ला’त्का रको प्रयासको आ’रोप खण्डन गरेको, अनुसन्धानका क्रममा नै उनले इन्कारी निवेदन दिएको, बकपत्रमा महरा आफ्नो कोठामा नआएको भनी लेखाएको लगायतका कारण विश्लेषण गर्दै महरा दोषी हुन नसक्ने फै’सलामा उल्लेख छ ।

अदालतले ‘वयस्क उमेरको पी’डित जाहेरवालाले सुझबुझका साथ बिना कुनै दबाब अदालत समक्ष गरेको बकपत्रलाई यस अदालतले निर्णायक प्रमाणको रूपमा लिनुपर्ने हुन्छ’ भनेको छ र उनकै बयानका आधारमा महरा नि’र्दोष रहेको फै’सला सुनाएको छ। यो समाचार आजको राजधानी दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्