लकडाउन खुले पनि तत्काल विद्यालय खुल्दैन, भदौबाट पठनपाठन शुरू गरे पनि पाठ्यक्रम पूरा हुन सक्छ

काठमाडौं : को;रोना संक्रमणले विश्व आतंकित बनाइरहेको अवस्थामा अहिले नै विद्यालय खुला गर्ने अवस्था छैन । भौतिक दूरी कायम राख्नुपर्ने भएकाले लकडाउन खुकुलो भएलगत्तै अनलाइनमार्फत कक्षा १–९ को परीक्षाफल प्रकाशित गर्न म विद्यालयलाई आग्रह गर्छु । अनलाइन, एफएम वा अन्य कुनै माध्यमद्वारा भीडभाड नहुने गरी भर्ना लिने तयारी गरेका छौं ।

म विद्यालय सञ्चालकलाई यो भन्न चाहन्छु कि अहिले नै शिक्षाक्षेत्र खतम हुन थाल्यो भनेर आत्तिनुपर्ने अवस्था छैन । केही बिग्रिएको छैन । हामीले २ सय २० दिन पढाउने गरेका थियौं, त्यसलाई घटाएर सबै किसिमको बिदा कटौती गरी पठनपाठन गर्ने तयारी गर्नु आवश्यक छ । महत्वपूर्ण बाहेकका बिदा कटौती गरी पढाउँदा भदौबाट पठनपाठन शुरू गरे मात्र पनि पाठ्यक्रम पूरा हुन सक्छ जस्तो लाग्छ ।

यो दायित्व प्रदेश सरकारको हो । अब प्रदेश सरकारले कसरी पठन पाठन सुचारु गर्ने भन्ने विषयमा सोच्नु जरुरी छ । विद्यालय तहको शिक्षा स्थानीय तहको मातहतमा गइसके पछि स्थानीय तहले भौतिक दूरी नगर्ने गरी पठनपाठन गर्ने माध्यम सोच्नु पर्छ । केन्द्रीय सरकारले त पाठ्यक्रम बनाउने मात्र हो, कसरी पढाउने भन्ने विषय स्थानीय र प्रदेश सरकारको जिम्मेवारी हो ।

हामी योजना बनाउँछौं त्यसलाई कार्यान्वयन गर्ने दायित्व प्रदेश र स्थानीय सरकारको हो ।लकडाउन खुले पनि विद्यालय खोल्न सक्ने अवस्था हँुदैन । अनलाइन, स्थानीय एफएम, टेलि भिजनको माध्यमबाट पढाउने विषयमा तत्काल योजना बनाउनु आवश्यक छ ।शिक्षकलाई अनलाइनबाट पढाउन तयारी गर्नुपर्छ, सबै विद्यालयमा इन्टरनेट छ कि छैन अध्ययन गर्नुपर्छ ।

इन्टरनेटको पहुँच नभएका विद्यालयमा एफएम वा टेलिभिजनमार्फत पढाइ शुरू गर्नुपर्छ । पाठ्यक्रम विकास केन्द्रले अधिकांश विषयको अनलाइन कोर्स तयारी गरिसकेको छ ।फेस टु फेस गरी पढाउने अवस्था आउन गाह्रो छ । भौतिक दूरी कायम राख्न अझै केही महिना लाग्न सक्छ ।त्यसैले सूचना प्रविधिको उच्चतम प्रयोग गरी पठनपाठन गराउन जरुरी छ । नेपाल समाचारपत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्