देशभर नेपाल भ्रमण वर्ष २०२० शुभारम्भकाे राैनक

काठमाण्डाै – नेपाल भ्रमण वर्षको बुधबार साँझ औपचारिक उद्घाटन भएकाे छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दशरथ रंगशालामा भव्य समाराेह बीच नेपाल भ्रमण वर्ष २०२० काे उद्घाटन गर्नुभयाे । यस बाहेका नेपाल भ्रमण वर्ष शुभारम्भ भएकाे अवसरमा देशभर पर्यटकहरुलाई स्वागत, र्‍याली, सभा समाराेहहरु आयाेजना गरिए ।

यस अवसरमा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमान स्थलमा पर्यटकलाई स्वागत गरिएको छ भने भक्तपुरमा नेपाल भ्रमण वर्षको अवसरमा शुभारम्भ कार्यक्रममा माक प्याखः नाच नाच्दै पर्यटकको स्वागत गरिएको छ । विमानस्थल, सम्पदा, पर्यटकीय स्थल लगायतका ठाउँमा आन्तरिक तथा बाह्य पर्यटकलाई विशेष स्वागत गरिएको छ । झापाको भद्रपुर, चितवनको भरतपुर, पूर्वी नका काकडभिट्टा, भक्तपुरको दरबार स्क्वाएर क्षेत्र, प्रदेश २ को जनकपुरधाम लगाएतका ठाउँमा पनि पर्यटकलाई स्वागत गरिएको हो ।

ईलाम सदरमुकाममा पाँच वटा होटलले भ्रमण वर्ष शुरुवातको अवसरमा एक रुपैयाँमा बास बस्ने व्यवस्था गरेका छन। यस्तै, काठमाण्डौ महानगर पालिकाका मेयर विद्यासुन्दर शाक्यले स्वयम्भूलाई पर्यटक केन्द्रका रुपमा विकास गर्ने बताउनु भएको छ। नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर आजदेखि शुरु भएको सप्ताहव्यापी स्वयम्भू सांस्कृतिक महोत्सवको शुभारम्भ कार्यक्रममा मेयर शाक्यले विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू पर्यटकको आकर्षणको केन्द्र बन्ने विश्वास व्यक्त गर्नुभयो ।

नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागि ठूला पूर्वाधार तथा योजनाहरुमा जोड दिँदै साना तथा अत्यावश्यक कामहरुलाई प्राथमिकतामा राख्नुपर्नेमा पर्यटन क्षेत्र आबद्ध सरोकार वालाहरुले जोड दिएका छन । सरकारका मन्त्री, कुटनीतिक नियोगका पदा धिकारी तथा सम्बद्ध क्षेत्रका व्यक्तिहरुले भ्रमण वर्षलाई भव्यताका साथ सफल बनाउन सबै पक्षले पर्यटन क्षेत्रमा ध्यान केन्द्रित गनु्र्र पर्ने औंल्याएका हुन् ।

यस्तै पर्यटन, संस्कृति तथा नागरिक उड्डययन मन्त्रालयका सचिव मोहन कृष्ण सापकोटाले नेपाल भ्रमण वर्ष २०२० का लागि सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने बताए । भ्रमण वर्षमा लक्षित कार्यक्रमहरुले पर्यटनका माध्यमबाट मुलुकको आर्थिक वृद्धि, रोज गारीको अवसर र गरिबी निवारणमा टेवा पुर्याउने सचिव सापकोटाको भनाई थियो ।

प्रतिक्रिया दिनुहोस्