‘होपलेस भएको थिएँ, स्वास्थ्यकर्मीले हौसला बढाए’

धनगढी: विश्व भरिनै त्रा’सका रुपमा रहेको र धेरैको ज्यान लिइसकेको को;रोना भाइरसलाई कैलाली लम्कीका २१ वर्षीय राज विकले पत्ता लागेको १६ दिनमै जिते। सेती प्रादेशिक अस्पतालले दुई पटकको स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आए पछि उनलाई आइतबार बेलुकी घर पठायो। लक डाउनको पहिलो दिन चैत ११ गते भारतको मुम्बईबाट आएका उनलाई १२ गते लम्कीचुहा नगरपालिका-९ मा रहेको सरस्वती माविको क्वारेन्टाइनमा राखिएको थियो।

नेपाली सेनाको अस्पताल छाउनीको टोलीले संकलन गरेको थ्रोट स्वाबमा उनको कोभिड-१९ रिपोर्ट पोजेटिभ देखियो। त्यसपछि उनलाई चैत २२ गते नै सेती प्रादेशिक अस्पतालमा ल्याएर उपचार थालिएको थियो। शनिबार र आइतबारको स्वाब परीक्षणमा दुवै रिपोर्ट नेगेटिभ आएपछि उनलाई घर पठाइएको अस्पतालका मेसु डाक्टर हेमराज पाण्डेले जानकारी दिए।

अस्पताले युवकको सहमतिमा पत्रकार सम्मेलन गरी उनलाई घर पठायो। कोरोना जितेका युवकलाई अस्पताल बाट विदाई गर्न प्रदेशका सामाजिक विकास मन्त्री कृष्ण राज सुबेदी पनि अस्पताल पुगेका थिए। मन्त्री सुबेदी, मेसु पाण्डे, उपचारमा खटिएका चिकित्सक हरु डा.शेरबहादुर कमर र डा. जगदिश जोशीले पुष्पगुच्छा दिएर उनलाई बिदाई गरे। अस्पतालबाट विदाई हुनुअघि पत्रकारहरुसँग कुराकानी गर्दै विकले, हिम्मत नहारे को;रोना जितिने प्रतिक्रिया दिए।

‘हिम्मत राख्नुस, कोरोना जितिन्छ’ उनले भने। ‘सुरुमा त म पनि ‘होपलेस’ भएको थिए तर स्वास्थ्यकर्मीहरुको मनोबल बढाउने कार्यले हौसला आयो।’ उनले सबैलाई सचेत रहन र आफ्नो ‘केयर’ आफैँगर्न आग्रह गरे। ‘मलाई थाहा थिएन कि मलाई को;रोना सर्‍यो भनेर। मलाई अहिलेसम्म रुघाखोकी पनि लागेको छैन, न ज्वरो नै आएको छ तर पनि म पोजेटिभ रहेछु’ उनले भने।

‘त्यसैले म सबैलाई के भन्न चाहन्छु भने लक्षण नदेखिए पनि योरोग सर्न सक्छ, त्यसैले आफैँ केयर गर्नुहोला।’ अस्पतालबाट घर जाने बेला निकै खुसी देखिएका उनले, अस्पतालमा चिकित्सक र अरु स्वास्थ्यकर्मीको राम्रो व्यवहारले पनि हौसाला मिलेको बताए।सेती प्रादेशिक अस्पतालको एम्बुलेन्स मार्फत उनको लम्कीस्थित घर पठाइएको हो। चिकित्सकहरुले उनलाई घरमा पनि १५ दिनसम्म सेल्फ आइसुलेसनमा बस्न भनेका छन। अन्नपुर्ण पोस्टमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्