अन्नपूर्ण आधार शिविरमा हराएका ३ नेपाली सहित ४ काेरियाली पर्यटककाे उद्धारमा समस्या

कास्की – अन्नपूर्ण आधार शिविर (एबीसी) पदमार्गमा हिम पहिरोमा हराएका तीन जना नेपालीसहित चार जना कोरियाली पर्यटक अझै सम्पर्कमा आएका छैनन् । सम्पर्क विहीन हुने नेपालीहरुमा मिन बहादुर लामा (तामाङ), छिरिङ भोटे र नेपाली गाइड सरोज परियार छन् । त्यस्तै कोरियाली पर्यटकहरुमा ५७ वर्षीय ली मिन सु, ५३ वर्षीया किम सूक जा, ५९ वर्षीय जियोङ पिल बोङ र ३८ वर्षीया चोई ह्यो वन रहेको पर्वतीय पदयात्रा पर्यटन व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सी एसो सियशन अफ् नेपाल (टान) पोखराका सचिव जीवनराम सापकोटाले बताउनु भयाे ।

कोरियाली पर्यटकहरु काठमाण्डाैकाे ‘ट्रिप नेपाल माउन्टेन गाइड’ नामक कम्पनीबाट टिम्स शूल्क काटेर अन्नपूर्ण बेस क्याम्पतर्फ गएका थिए। बाक्लो हिउँको कारण उद्धारमा समस्या भएको टानका अध्यक्ष हरि भुजेलले जानकारी दिनु भयो। पोखराबाट प्रहरी, गाइ डहरु पुगे पनि पाँचदेखि सात फिटसम्म हिउँ जमेको कारण उद्धारमा समस्या भएको हो । अन्नपूर्ण आधार शिविर र माछापुच्छ्रे आधार शिविरमा रोकिएकाहरुलाई अन्नपूर्ण गाँउपालिका ११ काे छोम्रोङ्गमा झारिएको अध्यक्ष भुजेलले बताउनु भयाे ।

‘एबीसीबाट ४० भन्दा बढी, एमबीसीबाट ३५/४० जना र देउरालीबाट २५/३० जनाको हारा हारीमा पर्यटक छोम्रोङ्गमा झरिसकेका छन्’, उहाँले भन्नु भयो । छोम्रोङ्गमा झरेकाहरु केहीलाई हेलिकाेप्टरबाट शनिबार नै पोखरा ल्याइएको भुजेलले बताउनु भयो । ‘केही भने जीपबाट पोखरा आएका छन्’, उहाँले भन्नु भयो । अझै केही दिन शिविरमै राख्दा समस्या होला भनेर छोम्रोङ्गमा झारिएको उहाँको भनाइ छ ।

एक्यापले पहिरो गएपछि देउरालीभन्दा अघि नबढ्न पर्यटकलाई अनुरोध गरेको छ। शनिबार पोखरामा नेपाल सहित सात देशका ६४ जनालाई अन्नपूर्ण पदमार्गबाट पोखरामा हेलिकोप्टरमार्फत ल्याइएको छ भने अन्य झण्डै डेढ सयलाई हेलिकोप्टरमार्फत नजिकैको सुर क्षित ठाउँमा अवतरण गराइएको जनाइएको छ । कोरियाली २७, चिनियाँ १६, नेपालका १०, डेनमार्कका २, सिङ्गापुरका ५, अस्ट्रेलियाका १, भारतका २ र ट्युनेसियाका १ जनालाई विभिन्न हेलिकोप्टर मार्फत पोखरा ल्याइएको टानले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्