मोबाइलमा पैसा सकियो ? नेपाल टेलिकमले निःशुल्क सेवा दिँदैछ

काठमाण्डौ – मोबाइलमा पैसा सकिएकाहरुको लागि नेपाल टेलिकमले सित्तैको सेवा उपलब्ध गराउने भएको छ । लक डाउनको कारण रिचार्ज कार्ड किन्न नपाएका या विद्युतीय भुक्तानी मार्फत कुरा गर्न र ईन्टरनेट चलाउन नपाएकाहरुलाई टेलिकमले निःशुल्क सेवा दिन लागेको हो ।

ब्यालेन्स शून्य भएको र पटक-पटक अरुसँग कुरा गर्न खोजेका सिमकार्ड पत्ता लगाएर टेलिकमले शन्देश पठाउनेछ । आवश्यक प्रक्रिया पूरा गरेपछि निःशुल्क सेवा सुरु हुनेछ । यस्ता ग्राहकको विवरण संकलन भैरहेको टेलिकमका प्रवन्ध निर्देशक डिल्ली अधिकारी ले जानकारी दिनुभयो। ‘भोलीदेखि नै यो सेवा लागू हुनेगरी तयारी गरेका छौँ ।

लकडाउन अवधिभरी कसैले पनि पैसा नहुँदा सञ्चार सेवाबाट वञ्चित हुन नपरोस भन्ने हाम्रो चाहना हो’अधिकारीले भन्नुभयो । टेलिकमले २५ वटा एसएमएस, ५० मिनेट भ्वाइस र १ सय एमबी डाटा निःशुल्क दिने तयारी गरेको छ। नेपाल टेलिकमबाट वितरित सिम कार्डमा ब्यालेन्स न्यून भई लकडाउनमा आफन्तसँग सम्पर्क गर्न नपाएका ग्राहकलाई निःशुल्क सेवा उपलब्ध गराइने भएको छ।

प्रतिक्रिया दिनुहोस्