संकटको घडीमा सत्ताको उन्मादको खेल प्रस्तुत गर्नु इतिहासकै दुःखद घटना : सभापति देउवा

काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पुर्व प्रधानमन्त्री शेर बहादुर देउवाले नेपाल सरकारले जारी गरेको संवैधानिक परिषद सम्बन्धि र राजनैतिक दल सम्बन्धि दुई अध्यादेशलाई आपत्तिजनक कदम एवं गैह्र जिम्मेवार प्रवृति भनेका छन् । ‘को’रोनाको संक्रमण बाट नेपाल र नेपालीको रक्षा गर्ने यो घडीमा सबै खाले विमति र आग्रहहरुबाट माथि उठेर नेपाली कांग्रेसले सरकारलाई हरसंभव सघाउंदै आएको छ ।

यतिबेलाको प्रधान दायित्व भनेको कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनु हो । यो घडी सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु भनेको नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना हो र यो ‘बेमौसमी बांसुरी’ हो ।‘ शेरबहादुर देउवाले विज्ञप्ति मार्फत भनेका छन्। देउवाद्वारा विज्ञप्तिमा भनिएको छ, ‘को;रोनाको संक्रमणसंग पुरै विश्व एक भएर लडिरहेको छ ।

यस्तो बेलामा नेपाल सरकारले आज संवैधानिक परिषद सम्बन्धि र राजनैतिक दल सम्बन्धि दुई अध्यादेश जे जारी गरेको छ त्यसले सरकार नागरिकको जीवन रक्षाका लागि गम्भीर नभएको पुष्टि भएको छ । दुबै अध्यादेश प्रति नेपाली काँग्रेसको गम्भीर असहमति छ ।’ को;रोनाको संक्रमणबाट नेपाल र नेपालीको रक्षा लागि काँग्रेसले सरकारलाई हरसंभव सघाउँदै बताउँदै यतिबेलाको प्रधान दायित्व को;रोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउ भएको देउवाले बताए ।

उनले भने, ‘यो घडी सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु भनेको नेपाली इतिहास कै सबैभन्दा दुःखद घटना हो र यो ‘बेमौसमी बांसुरी’ हो ।’ उनले संविधान निर्माणतका संवैधानिक नियुक्तिहरुमा साझा स्वामित्वको परिक ल्पना विषय पनि स्मरण गराएका छन् ।विज्ञप्तिमा भनिएको छ, ‘आजको संविधान निर्माण गरिंदा राजनैतिक स्थिरताको बन्दोबस्त गरिएको थियो । संगैमा संवैधानिक नियुक्तिहरुमा साझा स्वामित्वको परिकल्पना गरिएको थियो ।’

नागरिक जीवन संकटमा रहेको घडीमा सरकारले चालेको कदम र राष्ट्रपतिबाट हतारमा गरिएको प्रमाणीकरणले यी सबै ब्यवस्थालाई हठात उलंघन गरेको देउवाको ठकर छ । ‘नेपाली काँग्रेस अलोकतान्त्रिक एवं संविधानको मर्म विप’रीतका विधेयक तत्काल फिर्ता लिन माग गर्दै अन्य सबै खेलभन्दा माथि उठेर कोरोनाबाट जनताको जीवन रक्षामा सम्पूर्ण रुपले केन्द्रित हुन सरकारलाई अपील गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्