लकडाउन उ’ल्लंघन गर्नेलाई खादा ओढाउँदै !

काठमाडौं: बुढानिलकण्ठ नगरपालिका १०ले लक डाउन उ’ल्लंघन गर्नेलाई खादा ओढाउन थालेको छ। बिना काम बाहिर निस्किनेको संख्या बढेपछि वडा कार्यालयले शनिबारदेखि खादा ओढाउन थालेको हो। ‘सम्झाइ बुझाइ गरेर पनि नभए पछि अब शरम होस्, गल्ती महसुस होस् भनेर हामीले त्यस्तो गर्न थालेका हौं,’ वडाध्यक्ष नवराज भट्टराइले भने।

लकडाउन उल्लंघन नियन्त्रण गर्न वडा कार्यालयले विभिन्न स्थानमा ५० जना स्वयमसेव खटिएका छन्। त्यस्तै कार्यालयले जनचेतना फैलाउन फ्लेक्सहरू पढ्न लगाउने तयारी समेत गरेको उनले बताए । ‘हामीले आज वा भोलिदेखि पोस्टरहरू तयारी गर्दैछौं,’ उनले भने, ‘लकडाउन उल्लंघन गर्नेलाई पोस्टर देखाउने र पढ्न लगाउने तयारी समेत थालेका छौं।’

नगरपालिकाले डेढ सय भन्दा बढी स्वयंमसेवकहरू खटाएको मेयर उद्दवप्रसाद खरेलले जानकारी दिए। ‘हामीले मान्छेहरूलाई धान्न मुस्किल परिसक्यो,’ उनले भने, ‘हामीले ठाँउठाँउमा खटाएका छौं ।’ बिना काम बाहिर निस्किनेको संख्या बढेपछि बुढानिल कण्ठ नगरपालिका १०ले लक डाउन उ’ल्लंघन गर्नेलाई खादा ओढाउन थालेको हो ।

प्रतिक्रिया दिनुहोस्