प्रदेश एकमा भित्रिने पैदल यात्रीलाई कोशी ब्यारेजमा खानपिनको व्यवस्था

इनरुवा, ८ बैशाख । काठमाडौं लगायतका स्थानबाट घर फर्किएका पैदल यात्रुलाई मध्यनजर गर्दै सुन सरीको कोशी ब्यारेज सहित इनरुवामा नास्ता र खानाको प्रवन्ध मिलाइएको छ । प्रदेश एकको मुख्य प्रवेश नाका रहेको कोशी ब्यारेजमा उद्योग वाणिज्य संघ इनरुवाले चाउचाउ, बिस्कुट र पानी पिउने प्रवन्ध मिलाएको छ ।

विभिन्न स्थानबाट आएका हरुलाई ब्यारेजमा प्रहरीले भेला पारेर इनरुवा अस्पतालमा स्वास्थ्य परीक्षण गरी गन्तब्यमा फर्काउन थालेसँगै उद्योग वाणिञ्य संघ इनरुवाको टोलीले पैदल यात्रुलाई खानपिनको प्रवन्ध गर्न थालेको हो । ब्यारेजमा जम्मा पारिएकाहरुलाई तत्का लीन अवस्थामा भोक प्यास मेटाउन उद्योग वाणिज्य संघले चाउचाउ, बिस्कुट र पानी वितरणको व्यवस्था मिलाएको छ ।

पैदल यात्रुलाई वितरणका लागि उवासंघ इनरुवाका अध्यक्ष बीरेन्द्र साह सहितका पदाधिकारीको टोलीले आवश्यक सामान ब्यारेज पुगेर प्रहरीलाई जिम्मा लगाएको छ। सुनसरी प्रहरीका अनुसार दैनिक २सय बढीको संख्यामा पैदल यात्रुहरु ब्यारेज आइपुग्ने गरेका छन् । उनीहरुलाई भेला पारेर गाडीमा राखेर प्रहरीले इनरुवा अस्पतालमा स्वास्थ्य जाँच गराई गनतब्य फर्किन समन्वय गर्ने गरेको छ । इनरुवा अस्पतालमा स्वास्थ्य जाँच गराएपछि पूनः उद्योग वाणिज्य संघ इनरुवाको टोलीले स्थानीय व्यापारी र व्यवसायीको पहलमा भर पेट खाना तथा नास्ता खुवाउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्