यस्तो छ तीन दिनको मौसम !

काठमाडौं:स्थानीय तथा पश्विमी वायुको प्रभावका कारण देशका अधिकांश स्थानमा बदली रहि केही स्थानमा मेघ गर्जन, चट्याङ र हावाहुरी सहित वर्षा भइरहेको छ।जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहि केही स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको उल्लेख छ।

अहिले काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा पानी परिरहेको छ। राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहि थेरै स्थानमा मेघगर्जन, चट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ । महाशाखाका अनुसार बुधबार पनि देशभर आंशिकदेखि सामान्य बदली रहने छ।

अपरान्ह पश्चात् पहाडी भू–भागका केही स्थानमा साथै पश्चिमी तराईका थोरै स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । महाशाखाले मेघ गर्जन, चट्याङ्ग, हावाहुरी र असिना सहित वर्षा हुन सक्ने देखिएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ। यस्तो छ तीन दिनको मौसमी विवरण

बैशाख ९ गते (मंगलबार) : दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहि केही स्थानमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। राति देशभर आंशिक देखि सामान्य बदली रहि थेरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग / असिना र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ।

बैशाख १० गते (बुधबार) : दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहने छ। अपरान्हपश्चात् पहाडी भू-भागका केही स्थानहरुमा साथै पश्चिमी तराईका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ। पहाडी भू-भागका थोरै स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

बैशाख ११ गते (बिहीबार) : दिउँसो देशभर आंशिक देखि सामान्य बदली रहि पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वी भु-भागका थेरै केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ। राति देशभर आंशिकदेखि सामान्य बदली रहि पश्चिमका केही स्थानहरुमा र मध्य र पूर्वी भू-भागका थेरै केही स्थानहरुमा मेघगर्जन/ चट्याङ्ग / असिना र हावाहुरी सहित वर्षाको सम्भावना रहेको छ।

प्रतिक्रिया दिनुहोस्