हावाहुरीका कारण वीरगञ्ज नारायणी अस्पतालमा बनाइएको आइसोलेशन वार्डमा क्षति

वीरगञ्ज, ०९ बैशाख । हावा हुरीका कारण वीरगञ्ज नारायणी अस्पतालमा बनाइएको आइसोलेशन वार्डमा क्षति भएको छ । कोरोना सक्रमितलाई आइसोलेशन वार्डमा भर्ना गरेर उपचार भइ रहेको अवस्थामा सोमबार एक्कासी आएको हावाहुरी तथा पानीले क्षति पुर्याएको हो ।

अस्पतालको इमर्जेन्सी वार्डमाथि आइसियु नजिक अस्थाइ रुपमा २० शैयाको आइसोलेशन वार्ड निर्माण गरिएको थियो। बनाइएको आइसोलेशन वार्डको दुइतिरकै आल्मुनियम र सिसाले बनाइएको पर्खाल भत्केपछि उपचार्थ ४ जना को;रोना सक्रमितलाइ नजिककै रहे को आइसियु वार्डमा सारिएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा मदन प्रसाद उपाध्यायले बताए ।

उनले भने– ‘एक्कसी आएको हावाहुरीलाई अस्थायी आइसोलेशनले धेक्न सकेन, दुबैतिरको पर्खाल भत्केर पानी पसेको छ तर हामीले सक्रमितलाइ सुरक्षित ठाउँमा राखेर उपचार गरि रहेका छौँ । आइसोलेशन वार्डमा वीरगन्ज छपकैया स्थित म’स्जिदमा रहेका तीन जना भारतीय मु’स्लिम ध’र्म प्रचारक र रौतहटका एक जनामा गरि चारजनामा को;रोना पोजेटिभ भेटिएको थियो । उनीहरु अहिले उपचारत छन् । न्युज २४ नेपालबाट साभार

प्रतिक्रिया दिनुहोस्