क्वारेन्टाइनमा हावाहुरीेले टेन्टहरु उडाएर सास्ती

विराटनगर । आइतबार र सोमवार राती आएको हावा हुरीले मोरङको मिम्लााजुङ गाउँपालिका ४ टाँडी स्थित क्वारेन्टाइनका टेन्टहरु उडाएर सास्ती थपेको छ । नेपाली सेनाको सुर्यदल गणको गुल्म क्षेत्रको जंगलको चौरमा निर्माण भएको क्वारे न्टाइनमा हावाहुरीले प्लाष्टिकका टेन्टहरु उठाएर सास्ती थपेको हो ।

सोमवार राती आएको हावा हुरीले ५० वटा जति मानिश नबसेका खाली पालहरु भत्काएको र सबैको पुर्न निर्माण भैरहेको सुर्यदलगणका गणपति रधुनाथ पौडेललले बताए । उनका अनुसार आइतवार राती पनि हावाहुरीले दुई दर्जन पालमा क्षति पुगेको थियो । हावा हुरीले पानीका टयाँङकी र भाँडाकुँडाहरु उडाएर छरेको थियो । हावाहुरीले टेन्टमा क्षति पुरयाएनि कुनै मानविय क्षति भने भएको छैन ।

हाल टाँडी स्थित क्वारेन्टाइनमा १३ जना निगरानीमा छन । हालसम्म क्वारेन्टाइनबाट १ सय ४३ जना डिस्र्चाज भएर घर फर्किसकेका छन । एक नमबर प्रदेश सरकारले चाइनिज टेन्ट प्रयोग गरेर कोे;रोना भाइरस शंकास्पद मानिशहरुलाई राख्नका लागि दुई सय १२ बेडको क्वारेनटाइन निर्माण गरेको हो । क्वारेन्टाइनको आन्तरिक व्यावस्थापन नेपाली सेनाले र बाहिरको सुरक्षा नेपाल प्रहरीले गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्