एकैदिन देखियो ९ जनामा को’रोना, संक्रमितको संख्या ४० पुग्यो

काठमाडौं।उदयपुरको भुल्केस्थित एक म’स्जिदमा रहेका १३ जना को;रोना संक्रमितसँग सम्पर्कमा आएका थप ९ जनामा को;रोना भाइरस संक्रमण पुष्टि भएको छ। मंगलबार धरानमा गरिएको पुनः परीक्षणमा ८ र टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा एक जनामा को;रोना देखिएको हो।

सोमबार विराटनगरको कोसी अस्पतालको प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा ८ जनामा पोजेटिभ देखिएपछि थप परीक्षण गर्न धरान पठाइएको थियो। संक्रमित आठै जना धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा छन्। योसँगै नेपाल मा संक्रमित हुनेको संख्या ४० पुगेको छ। जसमा ४ जना निको भएर घर फर्किएका छन्।

गत शुक्रबार भुल्केमा रहेको उक्त म’स्जिदमा रहेका १६ मध्ये एकैपटक १२ जनामा को;रोना संक्रमण देखिएको थियो। पछि बाँकी चार जना मध्ये थप एकजना पनि सं’क्रमण देखियो। गत शनिबार १३जना संक्रमितसँग सम्पर्कमा आएका ६९ जनाको स्वाब परीक्षण गर्न विराटनगर पठाइएकोमा ८ जनामा कोरोना देखिएको हो। यी आठै जना मु’स्लिम समुदायका हुन्।

सो बस्तीबाट पछि २ सय ५२ जनाको स्वाब परीक्षण गर्न काठमाडौं पठाइएको हो। आज देखिएको एकजना तीनै मध्येको हो। यसअघि को;रोना पुष्टि भएका १३ संक्रमित पनि मु’स्लिम समुदायकै हुन्। उनीहरू विराटनगरको को;रोना अस्पतालमा उपचार रत छन्। सं’क्रमितको संख्या बढेसँगै भुल्के पूरै बस्ती अहिले पनि सिल गरिएको छ। बस्तीमा सुरक्षाकर्मी खटिएका छन्।

प्रतिक्रिया दिनुहोस्