सुदूरपश्चिमका पहिलो को’रोना संक्रमित सन्चो भएपछि आज घर फर्के

धनगढी : सुदूरपश्चिमको पहिलो को;रोना सं’क्रमित ३४ वर्षीय अमृत शाही सञ्चो भएर आज घर फर्केका छन् । २८ दिन लामो उपचारपछि निको भएका शाहीलाई आज सेती प्रादेशिक अस्पतालले डिस्चार्ज गरेको हो । धनगढी उप महानगर पालिका वडा नम्बर ५ हसनपुरका कोरोना संक्रमित अमृत शाही २८ दिन लामो उपचारपछि सञ्चो भएर आज घर फर्केका हुन् ।

दुबईबाट दिल्ली हुदै चैत ७गते काठमाण्डौं पुगेका शाही त्यहाँबाट ८ गते बुद्ध एयरको जहाजमा नेपालगञ्ज आएका थिए। सोही दिन नेपालगञ्जबाट सार्वजनिक यातायात चढेर धनगढी पुगेका शाही तीन दिनपछि चैत ११ गते सेती प्रादेशिक अस्पताल भर्ना भएका थिए । तीनदिनपछि उनको थ्रोट स्वावको नमूनाको रिपोर्ट पोजिभिट आएयता उनी सेती प्रादेशिक अस्पतालको आईसोलेसन वार्डमा उपचार गराई रहेका थिए ।

त्यसपछि लगातार तीन वटा रिपोर्ट पोजिटिभ आएका शाहीका पछिल्ला दुई वटा रिपोर्ट नेगेटिभ आए पछि आज अस्पतालबाट डिस्चार्ज गरिएको प्रवक्ता डा.जगदिश जोशीले बताए । दुई दिन कैलालीको लम्की चुहा नगरपालिका वडा नम्बर ९ प्रतापपुरका २१ वर्षीय राजु बिक पनि १७ दिन लामो उपचारपछि सञ्चो भएर घर फर्केका थिए ।

प्रतिक्रिया दिनुहोस्