उदयपुर जिल्ला सिल गर्ने प्रदेश १ सरकारको निर्णय

काठमान्डौ : उदयपुर जिल्लामा को;रोना भाइरस सङ्क्रमितको सङ्ख्या लगातार बढिरहेको छ। यो समाचार तयार पार्दासम्म उदयपुरमा संक्रमितको संख्या २४ पुगेको छ। भुल्केस्थित मस्जिदमा केही दिनअघि १२ जना संक्रमित भएपछि त्यस क्षेत्रको आसपासमा स्वाब संकलन गरेर धरान र काठमाडौँमा परीक्षण गरिएको थियो।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको ल्याबमा गरिएको परीक्षणमा ८ जना सं’क्रमित भएको पुष्टि भएको छ भने टेकुस्थित राष्ट्रिय प्रयोगशालामा ३ जना संक्रमित भएको पुष्टि भएको हो। स’ङ्क्रमितको सङ्ख्या लगातार बढेपछि प्रदेश सरकारले मंगल बारबाट पुरै जिल्लालाई चारै तिरबाट सील गर्ने निर्णय गरेको छ । उदयपुरबाट अन्य जिल्लामा को;रोना भाइरसको संक्रमण फैलिन नदिनका लागि यस्तो निर्णय गरेको हो ।

प्रदेशको आन्तरिक सुरक्षा मन्त्रालयमा आज बसेको बैठकले उदयपुरलाई सील गर्ने निर्णय गरेको हो। ‘उदयपुर बाहिरबाट कसैलाई पनि भित्र प्रवेशगर्न नदिने र भित्रबाट कसैलाई बाहिर नस्किन नदिने र उदयपुरभित्रै पनि एकस्थानबाट अर्को स्थानमा मानिसलाई जान नदिने निर्णय भएको छ,’ प्रदेशका सामाजिक विकासमन्त्री जीवन घिमिरेले भने, ‘आन्तरिक सुरक्षा मन्त्रालयमा आज भएको बैठकले यस्तो निर्णय गरेको हो। संक्रमण थप फैलिनबाट रोक्नका लागि यो निर्णय लिएको हो।’

प्रतिक्रिया दिनुहोस्