चार जना सिकारी ह’तियार र मोटरसाइकल सहित प’क्राउ

दाङ, बैशाख ९ । डिभिजन वन कार्यालय दाङको गस्ति टोलीले पश्चिम दाङबाट ४ जना सि’कारीलाई ह’तियार सहित प’क्राउ गरेको छ । आज मंगलबार दिउसो साढे ३ बजेतिर शान्तिनगर गाउँ पालिका वडा नं ५ स्थित हात्ति खाल सामु दायिक वन क्षेत्रबाट ४ जना सि’कारी, उनीहरुले प्रयोग गरेको ४ वटा मोटरसाइकल र १ थान भ’रुवा ब’न्दुक सहित प’क्रा’उ गरिएको डिभिजन वन कार्यालय दाङका प्रमुख दिपक ज्ञवालीले जानकारी दिनुभयो ।

प’क्राउ पर्नेमा शान्तिनगर गाउँपालिका वडा नं ५ का मधु शाह, गंगाराम चौधरी, शुकराम चौधरी र रामबहादुर चौधरी रहेका छन। वन्यजन्तु सि’कारी गर्नका लागि १५ जनाको टोली वन क्षेत्रमा प्रवेश गरेको सुकारी पाएपछि डिभिजन वन कार्यालय दाङबाट गएको टोलीले वनमा खोजी गर्दै जादा वन्यजन्तु मा’र्नका लागि तयारी अवस्थामा बसेका चार जनालाई प’क्राउ गरेको डिभिजनल अधिकृत ज्ञवालीले जानकारी दिनुभयो ।

डिभिजन वन कार्यालय बाट २२ जनाको टोली गस्तिमा गएको थियो । वन क्षेत्रको ५ स्थानमा लुकेर जनावर मा’र्ने घाट बनाएको सूचनाका आधारमा वन क्षेत्रमा खोज तलास गरिए पछि थप सि’कारी प’क्राउ नपरेको ज्ञवालीले बताउनु भयो । सहायक वन अधिकृत सिद्धान्त बरालको नेतृत्वमा टोलीले सिकारीलाई प’क्राउ गरेको र अरु सि’कारीहरु समेत वन क्षेत्रमा भएको सूचना पाएपछि डिभिजन वन कार्यालयले प्रहरीको सहयोग मागेको थियो । प्रहरी निरिक्षकको नेतृत्वमा ८ जना प्रहरी र वनकर्मीहरुले वन क्षेत्रमा खोजतलास गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्