आजको राशिफल : वि.सं.२०७७ साल वैशाख १० गते । बुधबार ।

ज्योतिषी गणेश काफ्ले । वि.सं.२०७७ साल वैशाख १० गते । बुधबार । ईश्वी सन् २०२० अप्रिल २२ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । वैसाख कृष्ण पक्ष । तिथि– चतुर्दशी,०० घडी १६ पला,बिहान ०५ बजेर ४१ मिनेट उप्रान्त औशी । काठमाडौंमा सूर्योदय ०५ बजेर ३४ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३१ मिनेट । दिनमान ३२ घडी २३ पला । पासाङ ल्हामु स्मृति । विश्व पृथ्विी दिवस ।

मेष : बिहानको समय मध्ययम रहेकोले अनावस्यक खर्च बढ्ने हुँदा दैनिक खर्च बढेर जानेछ । माया प्रेममा सामान्य मनमुटाव सिर्जना हुने छ । मध्यान्हबाट चाहेको समयमा कामहरु सम्पन्न हुने हुँदा आफन्तहरु खुसी हुने छन् । सुन्दर तथा विलाशि बस्तुहरुको प्रयोग मार्फत अरुको मन आफुतिर लोभ्याउन सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

बृष : बिहानको समय पढाइ लेखाइमा सुधार हुने हुनाले अरु भन्दा अगाडि बढ्न सकिने छ । इच्छा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ । मध्यान्हबाट समय मध्यमय रहेकोले काम वा अध्ययनको शिलशिलामा विदेशी भूमिमा हुनुहुन्छ भने सरसफाइमा विशेष ध्यान दिनुहोला । प्रसस्त तयारि गरेर महत्वपुर्ण काम शुरु गर्दा राम्रो नतिजा हात लाग्नेछ ।

मिथुन : स्वअध्ययनले विद्यामा राम्रो प्रगति हुनेछ। दाजुभाइ वा अग्रजहरुको सुझाव तथा सल्लाह मानेर अगाडि बढ्दा सफलता पाउन सकिनेछ। औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

कर्कट : समाजसेवा तथा राजनीतिमा समय दिनेहरुले जनताको प्रत्यक्ष सहभागिता सहितको सहयोग पाउने छन् । औषधी जन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउने तथा घाटा लाग्नेछ । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाइको बौद्धिकताको सबैले सम्मान गर्नेछन् । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

सिंह : धा’र्मिक कार्य तथा परोपकारमा मन जानेछ। खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा कमजोरी अनुभव हुने छ। खराब आचरण भएका व्याक्तिहरुले फसाउने तथा केही बाध्यात्मक परिस्थितिसँग सम्झौता गर्नु पर्ला । आशा देखाउनेहरूको भरपर्दा काम बिग्रनेछ । तरपनि धार्मिक क्षेत्र तथा परोपकारी काममा सहभागि भई काम गर्ने अवसर जुर्नेछ

कन्या : बिहानको समय राम्रो रहेकोले पढाइ लेखाइमा मन जानेछ भने पुरस्कार आफैतिर ल्याउन सकिनेछ। मध्यान्हबाट समय मध्ययम रहेकोले आफन्त तथा चेलि माइतीबीच बैमनस्यता बढ्ने ग्रहयोग रहेकोछ सचेत रहनुहोला । माया प्रेममा धोका हुनेछ भने पति दाम्पत्य जीवनमा घटपट आउनेछ । समय तथा परिस्थिति अनुसार नचल्नाले दुख पाइनेछ । वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

तुला : पढाइ लेखइमा भनेजस्तो नतिजा हात लाग्ने हुनाले आफन्त तथा अग्रजहरु खुसी रहनेछन् । पारिवारका साथस्वादिष्ट भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्निबीच मायाको डोरो कसिलो हुनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

बृश्चिक : आफन्त तथा मामा माइजूबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने हुँदा अगाडि बढ्न सहज हुनेछ । पढ्ने लेख्ने काममा अरुलाई पछाडि छोड्दै नतिजा आफ्नो पोल्टोमा पार्न सकिनेछ । तपाइसँग मनमुटावको भावना राख्ने तथा सत्रुता साध्नेहरु आफै कमजोर हुनेछन् । बिहानको समय मध्ययम रहेकोले वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

धनु : सन्तान तथा परिवारले तपाइको काममा खासै सहयोग गर्ने छैनन् भने तपाइको आलोचना गर्नेहरु बढ्ने ग्रहयोग रहेकोछ । सामान्य स्वास्थ्य सम्बन्धि समस्याले सताउने हुँदा दैनिक काम गर्न असजिलो महशुस हुनेछ । माया प्रेममा धोका हुनेछ भने घर परिवारमा आफन्त तथा पति पत्निबिच मनमुटाब बढ्नेछ । व्यापार व्यवसाय खस्केर जाने हुनाले दैनिक गुजारा गर्न गाह्रो हुनेछ भने प्रतिस्पर्धिहरुको अवरोधले फाइदाको सम्भावना टरेर जानेछ ।

मकर : बिहानको समय राम्रो रहेकोले पराक्रम बढेर जाने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । मध्यान्हबाट समय मध्ययम रहेकोले राजनीति तथा समाज सेवामा समय लगानि गर्नेहरुले सर्वसाधारण सँग सन्तुतिल व्यवहार गर्नुहोला काम बिग्रने हुदा मान सम्मानमा कमि हुनेछ । वाहिरी वाातावरण तथा स्वास्थ्यको ख्याल गर्नुहोला ।

कुम्भ : दौडधुप तथा लामो खटाइले मात्र कामरु सम्पादन हुनेछन् । उद्योग तथा व्यापारमा घाटा लाग्नेछ । प्रेममा रमाउन चाहनेहरुका लागि समय राम्रो रहेकोछ । विचार तथा भावनाहरु सामाजिक सञ्जालको माध्ययमबाट जनमानसमा लैजान सकिनेछ । तरपनि वाहिरी वातावरण तथा सरसफाइमा ध्यान दिनुहोला ।

मीन : परिवार तथा नजिकका मानिसबाट तपाइको काममा सहयोग प्राप्त हुनेछ । काम देखाएर लाभ उठाउने समय छ। श्रमको उचित मूल्यांकन हुने छ। पढाइमा प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने मौका छ। पढ्ने लेख्नेकाममा मन जाने हुनाले सफलता हात लाग्नेछ । तरपनि सरसफाइमा ध्यान दिनुहोला । यात्रा गर्दा ध्यान दिनुहोला । तपाईको दिन शुभ रहोस् ।

प्रतिक्रिया दिनुहोस्