भेटियाे एक झाेला अवैध पैसा !

बर्दिया, १० बैशाख । पुर्व-पश्चिम राजमार्ग अन्तर्गत पर्ने बर्दिया जिल्लाकाे मान खाेलामा गएराति अ’वैध पैसा फेला परेकाे छ । सेताे प्लाष्टिकमा एक झाेला पैसा फेला परेकाे प्रहरीले जनाएकाे छ। बर्दियाकाे मानखाेला लकडाउन शुरू भएपछि जिल्ला भित्रिने र बाहिरिने मानिसहरूकाे चेकजाँच भइरहेकाे स्थान हाे ।

दिनभर प्रहरी परिचालन भएकाे स्थानमा राति अबेर सेताे झाेलामा अवैध पैसा फेला परेकाे थियाे । पैसा कसले र किन राखेकाे हाे भन्ने बारेमा अनुसन्धान भइरहेकाे जिल्ला प्रशासन कार्यालय, बर्दियाका प्रमुख प्रेमलाल लामिछानेले न्युज २४ लाई बताउनु भएको छ ।

फेला परेकाे पैसा ईलाका प्रहरी कार्यालय बाँसगढीमा ल्याएर अनुसन्धान थालिएकाे जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएकाे छ । दिनभर मानखाेलामा सुरक्षा चेकजाँच हुने र भीडभाड समेत हुने भएपनि राति मात्र पैसा फेला परेकाे स्थानीय बासिन्दा रेशम अधिकारि ले बताउनुभयाे ।

प्रतिक्रिया दिनुहोस्