खाद्यान्नको भाउ बढेको प्रति सरकारको ध्यानाकर्षण

काठमाडौं । को;रोना भाइ’रस विरुद्ध सरकारले लगाएको लक डाउनको समयमा पछिल्ला दिनमा केही खाद्यान्नको भाउ बढ्नेक्रम सुरु भएको भन्दै सरकारको ध्यानाकर्षण गराइएको छ । राष्ट्रिय उपभोक्ता मञ्चले अहिलेसम्म दैनिक उपभोग्य वस्तु बिक्री–वितरण गर्ने पसल वा प्रतिष्ठानहरू सम्पूर्ण रूपमा सञ्चालनमा नआए तापनि पूर्ण अभावको अवस्था नआए पनि बजारमा केही खाद्य सामग्रीमा मूल्य बढने क्रमसुरु भएको भन्दै उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टको ध्यानाकर्षण गराएको हो।

व्यक्तिगत र संस्थागत रूपमा व्यवसायीहरूले तीन महिना सम्म पर्याप्त मौज्दात रहेकाले कुनै मूल्यवृद्धि नहने मन्त्रालयमा भएको छलफलमा बताएका थिए । त्यसको वि’परीत अहिले चामल प्रति प्याकेट (२५ केजी तौलको) मा कम्तीमा १०० रुपैयाँ, खाद्य तेल प्रति लिटरमा कम्तीमा २० रुपैयाँ, आँटा र मैदामा प्रति केजी १० रुपैयाँ, ताइचिनी च्युरामा प्रतिकिलो २० रुपैयाँसम्म बढी लिन थालेको, चिनी प्रतिकिलो ८५ रुपैयाँमा बिक्री भइरहेको भन्दै मञ्चले सरकारको ध्यानाकर्षण गराएको हो ।

पुरानो स्टक सकिन लागेको र नयाँ स्टक आएपछि बजार मूल्य अझै बढने संकेत उद्योगी व्यवसायीहरू होलसेल र खुद्रा बिक्रेताहरूलाई दिइएको समेत जानकारी प्राप्त भएको मञ्चले जनाएको छ । अत्यन्त अप्ठ्यारो परिस्थितिमा दैनिक जीवन यापन गर्दै गरेका सर्व साधारण उपभोक्तालाई यसरी अनुचित तरिकाले विभिन्न बहाना बनाइ मूल्य वृद्धि गर्दा ठूलो मर्का पर्नेछ । त्यसैले सरकारले यस विषयमा ग’म्भीरताका साथ लिई आवश्यक पहल गर्नु हुन र अनुचित तरिकाले गरेको मूल्यवृद्धि नियन्त्रण गरी आम उपभोक्तालाई राहत प्रदान गर्न मञ्चले आग्रह गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्