क्युट रुविना (तस्बिर सहित)

काठमाडौं : रुविना थापा हालै रिलिज भएको फिल्म ‘लभ डायरिज’ की नायिका हुन् । फिल्ममा उनको जोडी अभिनेता सुशील श्रेष्ठसँग बाँधिएको छ । पहिलो फिल्म बाटै रुविनाले राम्रो चर्चा क’माइन् । उनको रुप र अभिनय दुवैको चर्चा भयो । मोडलिङमा रुचि राख्ने रुविनाले पहिलो फिल्मपछि पनि आफ्नो करिअरलाई लिएर जोखिम रहेको बताउँछिन् । यद्यपि उनलाई फिल्ममा अफर भने आइरहेका छन् । अहिले उनी राम्रो स्किृप्टको पर्खाइमा छिन् ।

‘लभ डायरिज’ रिलिज नहुँदै उनलाई केही फिल्म बाट अफर आएका थिए । रुविना करिअर निर्माण पूर्ण रुपमा एउटै चलचित्रले नगर्ने बताउँछिन् । उनले भनिन्, ‘कुनै पनि चलचित्रले कला कारलाई स्थापित गराउँछ जस्तो मलाई लाग्दैन । म चिनिने भनेको मेरो अभिनय र मैले निर्वाह गरेको भूमिकाले नै हो ।’ तर, चलचित्र राम्रो भएको खण्डमा प्लस पोइन्ट जरुर हुने उनको भनाई छ । क्युट रुविना सामाजिक सञ्जालमा पनि सक्रिय रहने गर्छिन् । हेरौं रुविनाका केही सुन्दर तस्वीर:

प्रतिक्रिया दिनुहोस्