राहातमा कुहिएको खाद्यान्न बाँडेको आरोपमा मेयर प’क्राउ

कैलया : लक डाउन प्रभावितलाई कुहिएको खाद्यान्न राहातमा वितरण गरेको आ’रोपमा बाराको कलैया उपमहानगरपालिकाका मेयर प’क्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय बाराले सोधपुछका लागि कलैयाका मेयर राजेश राय यादवलाई नि’यन्त्रणमा लिएको हो । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कृष्ण पंगेनीले मेयर यादवलाई सोधपुछका लागि नि’यन्त्रणमा लिइएको बताए ।

‘कुहिएको खाद्यान्न राहातमा वितरण गरेको सन्भर्दमा हामीले अनुसन्धान गरिरहेका छौं,’ पंगेनीले भने, ‘सोही सन्दर्भमा उहाँ (मेयर यादव)लाई नियन्त्रणमा लिएका हौं । अहिले उहाँसँग सोधपुछ भइरहेको छ ।’ कलैया उपमहानगर पालिकाले गत चैत २८ गते वित रण गरेको राहातमध्ये दाल, चामल लगायत खाद्यान्न कुहिएको भेटिएको थियो ।

राहातमा वितरण गरिएको खाद्यान्न कुहिएको भेटिएपछि चैत २९ गते जिल्ला प्रशासन कार्यालयले मेयर यादवको घरमा छा’पा मा’रेको थियो । जिल्ला प्रशासन कार्यालय बाराका अनुसार राहातमा कुहिएको खाद्यान्न वितरण गर्ने प्रकरणमा संलग्न अन्य ७ जनालाई पनि प’क्राउ गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्