को’रोना आशंका गरिएका दुई नर्सको रिपोर्ट नेगेटिभ, डिस्चार्ज गरिँदै

काठमाडौं : (आरडीटी) विधिबाट परीक्षण गर्दा को’भिड–१९ पोजिटिभ देखिएका दुई जना नर्समा पीसीआर परीक्षण गर्दा को;रोना नभएको पुष्टि भएको छ। केन्द्रीय कारागारका कै’दीहरुको स्वास्थ्य परीक्षणमा खटिएका उनीहरुलाई मंगलबार आरडीटी विधिबाट गरिएको को;रोना भाइरसको जाँचमा रिपोर्ट पोजेटिभ देखिएको थियो।

पोजिटिभ देखिएका दुबैजनालाई उपचारका लागि टेकु स्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको आइसोलेसन राखिएको थियो । बुधबार नै स्वाब संकलन गरी पीसीआर बाट गरिएको परीक्षणको रिपोर्ट बुधबार बिहान आएको र नेगेभिभ देखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका एक चिकित्सकले जानकारी दिए ।

उनका अनुसार दुवैजनालाई डिस्चार्ज गर्ने तयारी गरिएको छ। दुईपटक गरिएको र्‍यापिड टेस्टमा दुई पटक नै को;रोना पोजेटिभ देखिएपछि ती नर्सलाई टेकु अस्पतालको आईसोलेनमा भर्ना गरिएको थियो। उनीहरुको नमुना राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पीसीआर विधिमार्फत परीक्षण गर्दा दुवैको रिपोर्ट नेगेटिभ आएको टेकु अस्पताल स्रोतले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्