थप तीन जनामा को’रोना पुष्टि : संक्रमितको संख्या ४५ पुग्यो

काठमाडौं: बुधबार तीन जना व्यक्तिमा को;रोना संक्रमण देखिएको छ। धरानको प्रयोगशालामा गरिएको परीक्षणमा को;रोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। २४ वर्षीय, ६० वर्षीय र ७२ वर्षीय पुरूषमा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

यी तीनै जनालाई उदयपुरको भुल्केस्थित मस्जिदबाट मोरङको टाँडीमा रहेको नेपाली सेनाको क्वारेन्टाइनमा राखिएको थियो। यसअघि उनीहरूको समूहका १६मध्ये १३ जनामा को;रोना संक्रमण देखिएको थियो। योसँगै नेपालमा कोरोना संक्रमित हुनेको संख्या ४५ पुगे को छ भने त्यसमध्ये सात जना निको भएर फर्किएका छन्।

मंगलबार उदयपुरको भुल्केमै ११ जनामा को;रोना संक्रमण देखिएको थियो। संक्रमित ३८ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा तीनजना मा को;रोना पोजिटिभ देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्