चीनले तातोपानी नाकामा ल्याएर दियो मेडिकल सामग्री

काठमाडौं: उत्तरी छिमेकी चीनले को’भिड -१९ महामारी वि’रूद्ध ल’ड्न नेपाललाई विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ। नेपाललाई चीनको तिब्बत स्वशासित क्षेत्रले सहयोग गरेको हो।ती सामान चिनियाँ अधिकारीले आज सिन्धुपाल्चोक को तातोपानी नाका नेपाली पक्षलाई हस्तान्तरण गरेका हुन्।

ती सामान बुधबार साँझसम्म काठमाडौं आइपुग्ने छन्। तिब्बतले १० हजार एन ९५ मास्क, १० हजार थान पिपिई, एक हजार थान इन्फ्रारेड थर्मोमिटर, दुई वटा पिसिआर मेसिन, भिटिएम सहित २० हजार थान टेस्टिङ किट ५० बक्स डिसइन्फेक्सन वेट वाइप दिइ एको छ।

चिनियाँ दूतावासले नेपाल र चीनले कोभिड-१९ महामारी वि’रूद्धको ल’डाइँमा एक अर्कालाई बलियो साथ दिएको उल्लेख गर्दै भविष्यमा पनि नेपाललाई सहायता उपलब्ध गराउन र नेपालभित्रको क्षमता वृद्धि गर्न सञ्चार र संयोजनलाई मजबुद् बनाउने बताएको छ।

प्रतिक्रिया दिनुहोस्