राहत नपाएका पी’डित र प्रहरी बीच झ’डप, पत्रकार सहित ८ घा’इते

वीरगन्ज : पर्साको जिराभवानी गाउँपालिकामा राहत वितरणको विषयमा स्थानीय र सशस्त्र प्रहरीबीच झ’डप भएको छ। बुधबार दिउँसो राहत वितरणमा ढिला भएपछि आक्रोशमा सेढवास्थित गाउँपालिका कार्यालय घेराउ गर्न करिब ३ सयको संख्यामा दलित, विपन्न वर्गका महिला बालबालिका र पुरुषहरु गाँउपालिका कार्यालयमा पुगेका थिए। त्यही क्रममा सशस्त्र प्रहरीले भिड हटाउन ला’ठी चा’र्ज गर्न थालेपछि स्थानीय र सशस्त्र प्रहरी बीच झ’डप भएको हो।

झ’डपमा क्रममा एक सञ्चारकर्मी सहित स्थानीय गरि ८जना घा’इते भएका छन्। झ’डपका क्रममा स्थानीयले प्र’हार गरेको ढुंगाले लागेर नारायणी एफएमका संवाददाता कृष्ण मोहन साह घा’इते भएका हुन्। साहको टा’उको फुटेको छ। उनीसहित सबै घा’इतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार गरिएको छ। लक डाउनको १ महिना पुगि सक्दा पनि जीराभवानी गाउँपालिकाले कुनै पनि वडामा राहत वितरण गरेको छैन्।

लकडाउनको १ महिना बितिसक्दा पनि राहत वितरणमा नभएपछि कार्यालयमा पुगेका स्थानीयले आक्रोशमा आएर ढुं’गामुढा गर्न थालेपछि सशस्त्र प्रहरीले रोक्दा झ’डप भएको गाउँपालिका उपाध्यक्ष उषा देवी थरुनीले अन्‍नपूर्ण अनलाइनलाई जानकारी दिइन्। लकडा उनका कारणले प्रभावितका लागि राहत वितरणका लागि प्रदेश सरकारले गाउँपालिकामा १० लाख रुपैयाँ पठाएको छ। अन्‍नपूर्ण पोस्टमा क्रान्ति शाहले लेख्नु भएको छ ।

तर प्रदेश सरकारबाट आएको १० लाख रुपैयाले अपुग भएपछि रकम थप गर्ने विषयमा प्रकृयामा लाग्दा राहत वितरणमा ढिला हुन पुगेको उपाध्यक्ष थरुनीले बताइन्। ‘१ महिना बित्न लाग्दा पनि राहत नपाउँदा जनतामा आक्रोश देखिनु स्वभाविक हो’, उनले भनिन् ‘राहतमा वितरणका सबै सामान खरिद भइसकेको छ। वीरगन्जबाट सामानसहित हिँडेको गाडी बाटोमै रहदा गाउँपालिकामा दु’खद घटना भयो।’

प्रतिक्रिया दिनुहोस्