ओलीले सांसदहरूसँग भने- मैले र प्रचण्डले बनाएको पार्टी हो, फुट्दैन

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटामा छलफल पछि भेट गरेका छन् । भेटघाट दुवै अध्यक्षले मास्क लगाएका थिए। व्यक्तिगत दूरीलाई धेरै प्राथ मिकता नदिए पनि दुवै अध्यक्षले मास्कमै कुराकानी गरेका हुन्। बुधबार बालुवाटारमा भएको नेकपाका विभिन्न प्रदेशका सांसदसँगको छलफलकै क्रममा अध्यक्षद्वयले भेट गरेका हुन्।

प्रधामन्त्री एवम् नेकपा अध्यक्ष केपी ओलीले पार्टी कुनै हालतमा नफुट्ने दावी गरेका छन्। संघीय संसदमा बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसद हरूको भेलामा बोल्दै प्रधानमान्त्री ओलीले पार्टी फुट्छ कि भन्ने हल्लाको पछाडि नलाग्न समेत आग्रह गरे । ‘कसले भन्यो पार्टी फुट्छ भनेर प्रधानमन्त्रीले भन्नुभयो? प्रचण्डजीले, पार्टी फुटाउने, मैले पार्टी फुटाउने?

जसले त पार्टी बनायो उसैले पार्टी फोड्ने’ प्रधानमन्त्री ओलीको भनाई उदृत गर्दै नेकपा सांसद रामनारायण बिडारीले सेतोपाटीसँग भने का छन्, ‘हामीले नबनाएको भए पार्टी बन्थ्यो ? अरुले बनाएको भए बन्थ्यो ? जसले बनायो उसैले पार्टी कसरी फोड्छ ?’ संसारको कुनै पनि देशमा पार्टीको बहुमतले पार्टी फुटाउने व्यवस्था नभएको भन्दै प्रधान मन्त्री ओलीले संसदीय सर्वोच्चताका लागि अध्यादेश ल्याएको बताएका थिए।

प्रतिक्रिया दिनुहोस्