रातारात भारतीय सुरक्षाकर्मीले नेपालीलाई दसगजामा ल्याएर छाड्दै

काठमाडौं । को;रोना भा’इरसको जो’खिम हुन नदिन सरकारले सीमानाकामा कडाइ गरे पनि रातको समयमा भारतीय सुरक्षाकर्मीले नेपालीलाई दसगजामा ल्याएर छाड्ने गरेका छन् । भारतको मुम्बई, महाराष्ट्र लगायत प्रान्तमा रहेका नेपाली नागरिकलाई भारतीय सुरक्षा अधिकारीले आफ्नो गाडीमा हालेर नेपाल– भारत सीमा क्षेत्रमा ल्याएर छाड्ने गरेका हुन् ।

भारतको स्थानीय प्रहरीले नेपालीलाई छोडेर जाने र सशस्त्र प्रहरीले भारतको सीमा सुरक्षा बल ९एसएसबी० लाई भनेर उतै फिर्ता गर्ने क्रम केही दिन देखि चलिरहेको छ । नेपालले आज फिर्ता गरे पनि अर्को दिन तिनै मानिस दस गजामा देखिने गरेकाले नेपाललाई ठूलो समस्या परेको नेपाल–भारत सीमा क्षेत्रमा खटिएका सुरक्षा अधिकारीले जनाएका छन् ।

यो समाचार आजको नागरिक दैनिकमा छ। भारतीय सुरक्षा अधिकारीले आफ्नो गाडीमा हालेर नेपाल– भारत सीमा क्षेत्रमा भारतको मुम्बई, महाराष्ट्र लगायत प्रान्तमा रहेका नेपाली नागरिकलाई रातको समयमा दसगजामा ल्याएर छाड्ने गरेका छन् । यतिबेला को’रोनाले विश्वलाई प्रभावित बनाइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्