लकडाउन बीच नेविसंघको वि’रोध प्रदर्शन

काठमाडौं । नेपाल बिद्यार्थी संघको एक समुहले सरकारको बि’रोध गर्दै प्र’दर्शन गरेको छ । बिहिबार बिहान नेपाल कमर्स क्याम्पस बाट निस्केको विद्यार्थीको समुहले सरकारले ल्याएको अध्यादेश खारेजीको माग गरेका छन् । नेपाल बिद्यार्थी संघका पुर्व अध्यक्ष तथा संबिधान सदस्य रन्जीत कर्णको अगुवाइमा निस्केको बिद्यार्थी समुहले संघिय संसद अगाडिको सडकमा केहिबेर प्रदर्शन गरेको थियो ।

बिहीबार बिहान नेपाल कमर्स क्याम्पसबाट निस्केको विद्यार्थीको समुहले सरकारले ल्याएको अध्यादेश खारेजीको माग गरेका हुन्। नेपाल विद्यार्थी संघका पूर्व अध्यक्ष रञ्जीत कर्णको अगुवाइमा निस्केको विद्यार्थी समुहले संघिय संसद भवान अगाडिको सडकमा केहि बेर प्रदर्शन गरेको थियो।

नेता कर्णले लोकतन्त्रलाई अप्ठेरोमा पार्ने गरि ल्याइएको अध्यादेशको सबै पक्षले बि’रोध गर्नु पर्ने बताए । नेपाल विद्यार्थी संघको यो समुहले आजबाट नियमित रुपमा सरकारको बि’रोधमा ठाउँ ठाउँमा प्रदर्शन गर्ने बताएको छ। वि’रोधका क्रममा संविधान विपरित ल्याइएको अध्यादेश फिर्ता गर, केपी ओली सत्ताको उन्मादमा जनता कोरोनाको त्रासमा लगायतका ना’रा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्