को’रोनाबाट आज पनि ८१ वर्षीया वृद्धा सहित दुई जना निको भए, निको हुनेको संख्या नौ पुग्यो

काठमाडौं, वैशाख ११ गते । को;रोना भाइरस (को’भिड–१९)को संक्रमण लागेका थप दुई जना पूर्ण रुपमा निको भएर घर फर्कनु भएको छ । यसरी, पूर्ण रुपमा निको भएको संख्या नौ पुगेको छ । काठमाडौंको सन सिटी अपार्ट मेन्टमा बस्ने आमा (उमेर ८१) र छोरा (उमेर ५८)लाई केही दिन अघि भा’इरस संक्रमण पुष्टि भएपछि पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल)मा उपचाररथ हुनुहुन्थ्यो ।

उहाँहरु दुबैजना केही महिनाअघि बेलायत पुगेर नेपाल फर्केपछि घरमै सेल्फ आइसो लेसनमा बस्नुभएको थियो । मन्त्रालयका अनुसार पाटन अस्पतालमा उपचाररत काठमाडौं पेप्सीकोलाका दुई जना निको भएर घर फर्किएका हुन् । पेप्सीकोलाका ५८ वर्षीय पुरुष र ८१ वर्षीय वृद्धा निको भएका हुन्। उनीहरु दुबै डिस्चार्ज भइसकेको मन्त्रालयले जनाएको छ।

बेलायतबाट फर्केको एक महिनापछि काठमाडौंको पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई आमाछोरामा वैशाख २ गते का;रेना संक्रमण पुष्टि भएको थियो। संक्रमण पुष्टि भएसँगै अस्पतालमा रहेका १० दिनपछि निको भएर घर फर्केका हुन् । यो सँगै निको भएर घर फर्किनेको संख्या ९ जना पुगेको छ।

प्रतिक्रिया दिनुहोस्