थप दुई जनामा काे’राेना संक्रमण पुष्टि, कुल संक्रमित ४७ पुग्यो

काठमाडौं : बिहीबार दुई जना व्यक्तिमा को;रोना संक्रमण देखिएको छ। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा दुई जनामा को;रोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।यो सँगै को;रोना स’क्रमितको संख्या ४७ पुगेको छ। हिजो एकैदिन तीन जनामा को;रोना सं’क्रमण देखिएको थियो। उनीहरूको विराटनगरस्थित कोरोना अस्पतालमा उपचार भइरहेको छ।

यस्तै, पाटन अस्पतालमा उपचाररत काठमाडौँको पेप्सी कोलाका को;रोना भाइरस (को’भिड १९) का सं’क्रमित आमाछोरा निको भई डिस्चार्ज भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार भएको नियमित पत्रकार सम्मेलनमा दुई जना उपचारपछि निको भएर घर फर्केको र दुई जना नयाँ संक्रमित थपिएको जानकारी दिएको छ।

मन्त्रालयका अनुसार पाटन अस्पतालमा उपचाररत काठमाडौं पेप्सीकोलाका दुई जना निको भएर घर फर्किएका हुन्। पेप्सीकोलाका ५८ वर्षीय पुरुष र ८१ वर्षीय वृद्धा निको भएका हुन्। उनीहरु दुबै डिस्चार्ज भइसकेको मन्त्रालयले जनाएको छ। बेलायतबाट फर्केको एक महिनापछि काठमाडौंको पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टमा बस्ने दुई आमाछोरामा वैशाख २ गते का;रेना संक्रमण पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहोस्