बजारभरि भारतीय तरकारी : कपिलवस्तुमा सयौं हेक्टरमा लगाईएको तरकारी बोटमै कुहिँदै

मनोज श्रीवास्तव, कपिलवस्तु । खोला बगरमा बर्खे र लहरे तरकारी बोटमा लटरम्म छन् । बलौटे जमिनमा बोडी, काँंक्रा पनि उत्तिकै संख्यामा छन् । भन्टा टिप्न ठिक्क छ । कपिलवस्तुको बुद्धभूमि नगरपालिका– १० मोतिनगर स्थित रामघाट खोलकोे बगरमा फलेको तरकारी यतिबेला बजार लग्ने बेला हो । तर कपिलवस्तुको सदरमुकाम तौलिहवा लगायत जिल्लाका बजारहरुमा भारतीय तरकारी बिक्री भईरहेको छ ।

लक डाउनका बेला जिल्लामा उत्पादित तरकारीको माग समेत उच्च छ । तर जिल्लामा उत्पादन भएका तरकारी बजार सम्म कृषकहरुले लैजान नपाउदा भारतीय तरकारीले नै अहिले बजार ढाकेको छ। लगानी गरेको रकम उठाएर अहिले नाफा हात पार्ने समय । तर, त्यहाँका किसान रामलगन केवट भन्छन ‘ नाफा त परै जाओस् लगानी नै नउठ्ला भन्ने पीर भइसक्यो ’ खोला बगरमा लगाइएको तरकारी यो पटक घाटामात्र नभइ उत्तिकै मानसिक तनाव पनि थपिदिएको केवटले सुनाए ।

बगरमा बिक्रिका लागि तयार भएको तरकारी बेच्न नपाउदा बन्दा, भान्टा, टमाटर, मुला, खुर्सानी लगायतका तरकारी बोट मै कुहिएको उनले बताए । को;रोना भाइरस संक्रमणको खतरासँगै देश लकडाउनमा गएपछि पुर्ख्यौली रूपमा केवट परिवारले गर्दै आएको तरकारी खेती यो वर्ष संकटमा फसेको हो । मोतिनगरका कृषकले बगरभरि तरकारी लगाएका छन् तर बजारमा माग भएकै बेला ढुवानी गर्न भने पाएका छैनन् ।

‘अहिले मानिसहरू निस्कन पाएका छैनन् ।, शहरमा तरकारीको माग त झन् बढेको छ तर हामीले सहज रूपमा लैजान सकेका छैनौं ’ उनले भने ‘ तरकारी सहज र रोकटोक बिना बजारसम्म लग्ने वातावरण बनाइनु पर्ने उनले माग गरे । मोतिनगरमा उत्पादन भएको तरकारी कपिलस्तुको तौलिहवा लगातयत अधिकांस हाटबजारसहित छिमेकी जिल्ला अर्खाखाँची, बुटवल, पोखरा सम्म निर्यात हुने गथ्र्यो ।

रामघाटको बगरमा लौका, फर्सी, काँक्रा, करेला, बोडी भान्टा खुर्सानी टमाटरसमेत बलौटे माटोमा अधिकमात्रामा लगाउने गरिन्छ। ‘खोलाको बगरमा तरकारी लगाएको छु तर, बजारमा बिक्रि वितरण गर्ने लैजान समस्या भएको छ ’ स्थानीय कृषक रमेश केवटले ५ कठ्ठामा लटरम्म फलेको काक्रो देखाउदै भने ‘ । साइकलमा राखेर बजार लाँदा प्रहरी राक्ने र फिर्ता पठाउने गरकोले समस्यामा परेको उनले बताए ।

तरकारी गाईगोरुलाई खोले बनाएर खुवाउने अवस्था आयो ’ उनले भने । बजारमा स्थानीय तरकारीको माग गरे पनि लान नदिईएकाले आफुहरु मर्कामा परेको उनको गुनासो छ । मोति नगरमा रहेको ४५ परिवार पुरै ब्यवसायिक खेतिमा लागेका छन । मौसमी र बेमौसमी तरकारी तथा खरबुजा उतपदनका लागि मोतिनगर प्रख्यात छ । ५ कठ्ठामा लगाएको काक्रो फलेर बजारमा लैजाने अहिले ठीक सयम हो ।

तर एक लाख रुपैयाँको काक्रो बिक्रि नभएर कुहिने अवस्थामा पुगको कृषक रमेश केवटले गुनासो गरे । यातायात छैन । बजार बन्द छ। केवटले लकडाउन अझै थपिँदै गएकाले बजारमा माग भए पनि तरकारी पठाउन नसक्दा समस्या भएको बताए । मोतिनगरका किसानले तरकारीको ढुवानी व्यवस्थापन मिलाउन सम्बन्धित निकायले पहल गर्नुपर्ने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्