धनगढीबाट एक संक्रमित महिला डिस्चार्ज, निको हुनेको संख्या दश पुग्यो

धनगढी, बैशाख ११ गते । सुदूरपश्चिममा चौथो को;रोना संक्रमित पनि को;रोनालाई जितेर घर फर्किएकी छिन् । कैलालीको लम्की चुहा नगरपालिका वडा नम्वर १ कि महिला आज सेती प्रादेशिक अस्पतालबाट डिस्चार्ज भएकी हुन् । उनको पनि लगातार दुई पटक रिपोर्ट नेगेटिभ आएपछि अस्पतालबाट डिस्चार्ज गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बताए।

उनी विरगञ्जबाट आएर १२ दिन क्वारेन्टाईनमा बसेकी थिईन् भने बैशाख १ गते को;रोना पुष्टि भएको थियो। योसंगै सुदूरपश्चिम प्रदेशमा चार जना को;रोनालाई जितेर घर फर्किएका छन्। धनगढी उप–महानगरपालिका वडा नम्वर ५का ३४ बर्षीय पुरुष, लम्कीका २१ बर्षीय युवक र कञ्चनपुर बेदकोटका ४१ बर्षीय पुरुष यसअघि नै घर फर्किसकेका छन्।

अव धनगढी उप–महानगरपालिका वडा नम्वर ५ की ३४ बर्षीय महिला मात्रै सेती अस्पतालको आईसोलेसनमा उपचाररत छिन्। यस बीच आजै काठमाडांैको पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टमा बस्ने एक ८१ महिला र उहाँको ५८ वर्षिया छोरा पनि आजै निको भई पाटन अस्पतालबाट डिस्चार्ज हुनु भएको थियो । यौ सँगै नेपालमा को;रोना संक्रमणको उपचार पछि निको हुनेको संख्या १० पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्