आजको राशिफल : वि.सं.२०७७ साल वैसाख १२ गते । शुक्रबार ।

काठमाडौं : वि.सं.२०७७ साल वैसाख १२ गते । शुक्रबार । ईश्वी सन् २०२० अप्रिल २४ तारिख । नेपाल संवत् ११४० । प्रमादी संवत्सर । उत्तरायन । वसन्त ऋतु । श्रीशाके १९४१ । वैसाख शुक्ल पक्ष । तिथि– प्रतिपदा,०९ घडी ३७ पला, बिहान ०९ बजेर ३४ मिनेट उप्रान्त द्वितीया । काठमाडौंमा सूर्योदय ०५ बजेर ३२ मिनेट,सूर्यास्त बेलुकी ०६ बजेर ३२ मिनेट । दिनमान ३२ घडी ३० पला । पुस्तक दिवस । ललितपुरमा रातो मत्स्येन्द्रनाथ रथारोहण (बुंगद्य रथय तइगु)।

मेष : परिवार तथा आफन्तजनमा आत्मियताको भाव बढ्नेछ भने माया प्रेममा नजिक हुने समय रहेको छ । पढाइ लेखाइमा मनजाने हुनाले अन्य प्रतिस्पर्धीहरुलार्ई टप्न सकिने तथा सबैको धन्यवादको पात्र हुँदा मन प्रशन्न रहने छ । राजनीति तथा समाजसेवामा समय दिनेहरुले राज्यबाट सेवा सुबिधा प्राप्त गर्न सक्नेछन् । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

बृष : गलत काम भुलेर पनि नगर्नुहोला नराम्रो परिणाम भोग्नु पर्नेछ । पढाइ लेखाइमा अल्छि गर्नाले अरुभन्दा निकै पछि परिनेछ । स्वास्थ्य बिग्रने हुँदा कामहरु प्रभावित हुनेछ सचेत रहनु होला । घरायसि कुरामा आफन्तहरु बिच म’नमुटाव सिर्जना हुनेछ भने माया प्रेममा घटपट हुने योग रहेकोछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

मिथुन : औषधीजन्य तथा खाद्यान्नसँग सम्वन्धीत सामानको खरिद बिक्रीमा वद्धि हुनेछ भने अन्य सामानको व्यापारमा मन्दि आउँने तथा घाटा लाग्नेछ। पढाइ लेखाइमा ध्यान नजादा अरुभन्दा पछि परिने सम्भावन रहेकोछ। माया प्रेममा अविस्वा स बढ्नेछ भने घर परिवारमा आफन्तबिच घरायसि कुरामा विवाद सिर्जना हुनसक्छ ध्यान दिनुहोला । सामान्य स्वास्थ्य सम्वन्धी समस्या आउँन सक्छ ख्याल गर्नुहोला । स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

कर्कट : पढाइ लेखाइमा तपार्ईँको नाम अग्र स्थानमा आउँनेछ । माता पिताको सहयोगले राम्रा काम गरी समाजमा नाम तथा दाम दुवै कमाउँन सकिनेछ । गीत संगित क्षेत्रमा रुचि बढ्ने हुँदा केहि समय रमाईलोतिर पनि समय खर्च हुनेछ । समयको गतिसँगै अगाडि बढ्न सकिनेछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

सिंह : कामगर्दा ख्याल गर्नुहोला काममा सपोर्ट गर्नेभन्दा फसाउँने मानिसहरु हावि हुनेछन् । नीति नियमको बेवास्ता गर्दा राज्यलाई दण्ड तथा जरिवाना तिर्नुपर्ने हुनसक्छ,सचेत रहनुहोला । बनेका योजनाहरु बौद्धिकताको कमिले लागुगर्न नस क्दा बन्न लागेका कामहरु अलपत्र हुनेछन् । धार्मिक तथा तिर्थ स्थलको यात्रा गरी मनलाई शान्त पार्न सकिनेछ । माया प्रेममा अरुकै नकारात्मक टिप्पणिले गर्दा मनमुटाब बढ्नेछ ।

कन्या : समस्याका खाडलहरु पुर्न अथक प्रयास गर्दा गर्दै विफल हुनुपर्दा तनाव बढ्नेछ । खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आउनेछ भने दैनिकी प्रभावित हुने छ । बिषेश गरी चेलि माईतीसँग कुनै कारोबार गर्दा ख्याल गर्नुहोला मनमुटावको स्थिती सिर्जना नहोला भन्न सकिन्न । पढाइ लेखाइमा समय दिन नसक्दा गृहकार्यहरु थाती रहनेछ । स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

तुला : भौतिक सम्पती तथा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला । जीवन साथीको सहयोगले महत्वपुर्ण कामहरु समयमा सम्पादन हुदा मन प्रशन्न रहनेछ। तरपनि आफन्त तथा दिदि बहिनी सँग मनमुटाब सिर्जना हुने योग रहेको छ । बाहिर वातावरणको ख्याल गर्नुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ ।

बृश्चिक : पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलार्ई हराउँदै नतिजा तपार्ईँ आफ्नै पोल्टोमा पार्न सकिनेछ । बिवादित विषयहरुको निर्णय तपार्ईँ आफ्नै पक्षमा आउँने हुनाले खुसीले उचाई नाघ्नेछ । पुराना सापटी तथा लेनदेनका मुद्दाहरु सल्टाउँन सकिने हुदा मन प्रशन्न रहनेछ । माया गरेको मानिसबाट उपाहार प्राप्तिको योग रहेकोछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

धनु : व्यापार व्यावसायमा मन्दि आउने तथा घाटा हुनेछ । बिद्या तथा प्रतिस्पर्धामा सफलता पाउँन अलि बढिनै संघर्ष गर्नुपर्नेछ। मायाप्रेममा धोका हुन सक्छ भने एकोहोरो माया प्रेमले सताउँनेछ। सन्तान तथा छोरा छोरिबाट तपार्ईँको काममा सहयोग हुने छैन । खानपानमा ध्यान नदिए स्वास्थ्य सम्वन्धी समस्या आउँने तथा औषधि उपचार खर्च बढ्नेछ ।

मकर : पढाइ लेखाइमा मन नजादा पुरस्कार तथा प्रशंसापत्र अरुकै हातमा जानेछ । माया प्रेममा नचाहादा नचाहादै छुट्टिनुपर्दा मनमा नरमाईलो महशुष हुनेछ । राजनीति तथा समाज सेवामा जनतासँग सन्तुलित व्यावहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमी हुनेछ । कृषी तथा सहकारी व्यावसायबाट मनग्गे लाभ लिन सकिने योग रहेकोछ ।

कुम्भ : दाजुभाई तथा छिमेकि सँगको सम्बन्ध सुदृड भएर जानेछ । बिद्या बिद्यार्थीहरुले सफलता प्राप्त गर्न सक्नेछन् । माया प्रेम तथा पति पत्नि बिच विश्वासको बाताबरणमा थप प्रगाडता आउनेछ । जीवन शैलिमा सुधार हुनुको साथै समयको महत्व बुझ्दा अगाडि बढ्न सहज हुनेछ । तरपनि स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

मीन : समाजमा सबैको काम गर्न खोज्दा आलोचना गर्ने तथा खुट्टा तान्नेहरु सक्रिय हुनेछन् । व्यापार व्यावसायबाट भनजस्तो आम्दानी नहुने हुदा आर्थिक अवस्था कमजोर रहनेछ । कुटुम्ब तथा आफन्तसँग सानो सानो कुरामा राय बाजिने छ । माया प्रेममा अविश्वास सिर्जना हुने तथा श्रीमान श्रीमती विच मनमुटाव बढ्न योग रहेकोछ । पढाइ लेखाइमा प्रशस्त समय दिएपनि सोचेजस्तो नतिजा आउने छैन । स्वास्थ्यमा समस्या देखिन सक्छ सरसफाईमा बिशेष ध्यान दिनुहोला ।

प्रतिक्रिया दिनुहोस्