प्रधानमन्त्री ओलीद्वारा कतारका प्रमसँग फोन वार्ता

काठमाडौँ, बैशाख १२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न आरोपमा गिरफ्तार परी कतारको का’रागारमा रहेका १७ नेपालीको रिहाईप्रति खुशी व्यक्त गर्नुभएको छ । प्रधानमन्त्री ओलीले कतारका समकक्षी खालिद बिन खलीफा बिन अब्दुल अजीज अल थानीसँग बिहिबार टेलिफोन संवाद गरी खुशी व्यक्त गर्नुभएको हो ।

प्रधानमन्त्री ओलीले कतारका समकक्षी खालिद विनसँग टेलिफोन संवाद भएको सामाजिक सञ्जालमा ट्वी’ट गर्नु भएको छ । उहाँले कतारमा रहेका नेपालीको सुरक्षा र कल्याणका बारेमा चासो राखेको बताउनु भएको छ । प्रधानमन्त्री ओलीले ट्वी’टमा भन्नुभएको छ, “कतारका प्रधानमन्त्रीले त्यहाँ रहेका नेपालीको बारेमा चिन्ता नलिन आग्रह गर्नुभयो ।

विभिन्न आ’रोपमा गि’रफ्तार १७ नेपालीको रिहाईप्रति खुशी व्यक्त गर्दै धन्यवाद व्यक्त गर्नुभएको छ । को;रोना भाइरसको स’ङ्क्रमण विश्वभरी नै फै’लिँदै गएपछि यसअघि पनि प्रधानमन्त्री ओलीले विभिन्न देशका प्रधानमन्त्री तथा राष्ट्र प्रमुखसँग संवाद गरी आफ्ना नागरिकको सुरक्षा र कल्याणको विषयमा कुराकानी गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्