बन्दाबन्दीमा औषधि उपचार घरमै

बुटवल, वैशाख १२ गते । को;रोना भा’इरस (को’भिड –१९) को त्रास छ । बन्दा बन्दी छ । सवारी साधन चल्दैनन् । एक ठाउंँबाट अर्को ठाउँंमा जान मिल्दैन । यस्तो बेला स्वास्थ्यको हिसाबले को;रोना भन्दा पनि जो’खिममा छन्, ठूलो सङ्ख्याका नियमित औषधि सेवनकर्ता, दीर्घ रोगी र वृद्धवृद्धा । जोखिममा रहेका यी वर्गले अब यहाँ चिन्ता भने गर्नुपर्दैन ।

यस्ता व्यक्तिले स्वास्थ्य जाँच र औषधि घरमै पाउने व्यवस्था हुन थालेको छ । यस्तो अभ्यास प्रदेश ५ मा सुरु भएको छ। प्रदेशका सामाजिक विकास मन्त्री सुदर्शन बरालको भनाइमा यसका लागि जिल्ला जिल्लामा निर्देशन दिइएको छ र आवश्यक बजेट पनि पठा इएको छ । प्रदेश–५ का स्थानीय तहले त्यस्ता बिरामीबारे गम्भीर चासो दिइसकेका छन् । कतिपय स्थानीय तहले स्वास्थ्य जांँच र घरघरमै औषधि पु¥याउने व्यवस्था थालिसकेका छन्।

नेपाल नगरपालिका सङ्घ प्रदेश–५ का अध्यक्ष शिवराज सुवेदीका अनुसार बुटवलमा कोरोना स’ङ्क्रमण अघिनै यस्तो अभ्यास भएको थियो। अहिले को;रोनाको जोखिममा प्रायः स्थानीय तह त्यस्ता बिरामीको सेवामा विशेष सुविधा दिन क्रियाशील छन् । दाङ देउखुरी मा बन्दाबन्दीमा दीर्घरोगी तथा नियमित औषधि सेवन गर्नुपर्ने बिरामीलाई स्वास्थ्य परीक्षणको समस्या हुन थालेपछि जनप्रतिनिधि चिकित्सकसहित घरघरमा पुग्न थालेका छन् ।

गाउँंघरमा स्वास्थ्य शिविर राखेर बिरामीको पहिचान र औषधि वितरण गरिरहेका छन् । यस्तो सेवा दाङको लमही नगरपालिकाका वडामा सञ्चालन भएको छ । त्यस्ता बिरामीको शरीरको प्रतिरक्षा क्षमता अरूको तुलनामा कमजोर हुने भएकाले बन्दा बन्दीमा घरबाट अस्पताल आउन नसक्ने नागरिकलाई गाउँघरमै स्वास्थ्य शिविरले राम्रो फाइदा पु¥याएको मध्यपश्चिम क्लिनिकका सञ्चालक डा. आयाम गौतमको भनाइ छ ।

गुल्मीका स्थानीय तहले नियमित औषधि सेवन गर्ने र दीर्घ रोगीका औषधि कार्ड सङ्कलन गरेर एम्बुलेन्स मार्फत घरघरमै औषधि पु¥याउन थालेका छन् । जिल्लाको चन्द्रकोट, सत्यवती गाउँपालिका लगायतका पालिकाभित्र नियमित औषधि सेवन गर्र्नेलाई त्यस्तो सेवा को सुरुवात भइसकेको छ । अन्य पालिकाले पनि यस्ता बिरामीलाई घरमै औषधि पु¥याउन लागिरहेको जनाएका छन् । आजको गोरखापत्रमा खबर छ ।

प्रतिक्रिया दिनुहोस्