आजकै दिन गएको थियो वि’नाशकारी भूकम्प

काठमाडौं : वि’नाशकारी भूकम्प गएको आज पाँच वर्ष पुगेको छ । २०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दु भएर ७ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पका कारण आठ हजार सात सय ९० जनाको ज्यान गएको थियो । झण्डै २२ हजार नागरिक घा’इते भएका थिए ।भूकम्पबाट भौतिक संरचनामा क्ष’ति पुग्यो ।

भूकम्पबाट क्षति भएका घर, विद्यालय, स्वास्थ्य संस्था, सम्पदा, सार्वजनिक भवन लगायतका पुन र्निर्माणको काम अहिले पनि भइरहेको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार भूकम्पले क्ष’ति गरेका झण्डै ८८ प्रतिशत घर पुनर्निर्माण भएका छन् । लाभग्राही सूचीमा परेका आठ लाख २७ हजारमध्ये पाँच लाख घर बनेका र एक लाख ९० हजार घर बन्ने क्रममा छन् ।

बन्न बाँकी घरको पनि यसै आर्थिक वर्षभित्रमा काम सक्ने लक्ष्य छ ।झण्डै ७० हजार घरलाई सुरक्षित बनाउन प्रबलीकरणको काम भने बाँकी नै छ । त्यस्तै भूकम्प प्रभावित ३२ जिल्लामा क्ष’तिग्रस्त सात हजार पाँच सय ५३ विद्यालय मध्ये पाँच हजार पाँच सय ९८ विद्यालय बनिसकेका छन् । एक हजार एक सय ९७ वटा स्वास्थ्य संस्थामध्ये ६ सय ६९ वटा स्वास्थ्य संस्थाको पुनर्निर्माण सकिएको छ । ९ सय २० वटा सम्पदामध्ये चार सय दुई वटा सम्पदाको पुनर्निर्माण भएको छ ।

महत्वपूर्ण धरोहर धरहरासहित रानीपोखरी, काष्ठमण्डप, सिंहदरबार, नुवाकोट दरबार, गुम्बा लगायतको पुनर्निर्माण सक्ने काम पनि बाँकीनै छ। पुन र्निर्माण र पुन र्स्थापनाका काम भइ रहेका बेला देखा परेको को;रोना भाइरस (काेभिड १९) सङ्क्रमणको असर, वित्तीय स्रोतको व्यवस्थापन, भूकम्प प्रभावितलाई जीविकोपार्जनका कार्यक्रम जस्ता चुनौती कायमै रहेकाे राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताउनु भएको छ ।

नेपालले पुनर्निर्माण र पुनर्स्थापनामा गरेको कामले विश्वसामु नमुना देखाएको ज्ञवालीले दा’बी गर्नुभयो । नेपाली नागरिकमा विपद्को प्र’तिरोधी क्ष’मता छ र कठिन अवस्थाका बीच पनि व्यवस्थापन गर्न सक्छन् भन्ने छवि बनेको उहाँको भनाइ छ । को’रोना भाइरस को यो म’हामारीबाट बाहिर निस्कने बित्तिकै बाँकी कामलाई पनि टु’ङ्गोमा पुर्‍याउन लागिपर्ने कार्यकारी अधिकृत ज्ञवालीले बताउनुभयो । प्राधिकरणको पाँच वर्षे अ’वधि आउँदो पुसमा सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्