राष्ट्रपति भण्डारीद्वारा दुई अध्यादेश खारेज

काठमाडौं, बैशाख १२ गते। राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरीषद्को आजको बैठकबाट सिफारिस भई आएका दुई अध्यादेश खारेज गर्नुभएकाृ छ। सो कुराको जानकारी राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा उल्लेख छ । आज बसेको मन्त्रिपरिष बैठकले राजनीतिक दल र संवैधानिक परिषद्सम्बन्धी दुई अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।

केही दिन पहिले मन्त्रिपरिषद्को सिफारिसमा राजनीतिक दल सम्बन्धी (दोस्रो संसोधान) अध्यादेश तथा संवैधानिक परिषद्को काम कर्तव्य र कार्यविधि सम्बन्धी (पहिलो संशोधन) विधेयक राष्ट्रपतिबाट स्वीकृत भएको थियो। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले शुक्रबार अध्यादेश खारेज गर्नुभएको हो ।

मन्त्रिपरिषद्ले सिफारिस गरेपछि अध्यादेश खारेज गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले निकाल्नु भएको विज्ञप्तिमा उल्लेख छ। यसअघि मन्त्रिपरिषद्को बैठकले दल र संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो । दल फुटाउन सहज हुने र संवैधानिक परिषद्को बैठकमा विपक्षी दलको भूमिका अन्त्य गर्ने अध्यादेश ल्याएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीको चौतर्फी आलोचना भएको थियो ।

प्रतिक्रिया दिनुहोस्