धनुषाका दर्जनौं म’दरसा र म’स्जिदमा प्रशासनको अनुगमन

जनकपुरधाम, १२ बैशाख । पछिलो समय उदयपुरको मदरसाबाट को;रोना संक्रमित फेला परेपछि धनुषा जिल्ला प्रशासन कार्यालयले धनुषाका दर्जनौं मद’रसाहरुमा अनुगमन सुरु गरेको छ । मु’स्लिम समुदायका प्रमुख पर्व रमजान सुरु हुन लागेको बेला शुक्रबार (जुम्माको दिन) पारेर जिल्लाका संयुक्त सुरक्षा समूहले दर्जनौं मदरसामा लकडाउन पछि पहिलो पटक अनुगमन गरेको हो ।

मु’स्लिम अगुवा नेता मध्ये दुई जनालाई साथ लिएर नै स्थानीय प्रशासनले म’स्जिदमा अनुगमन गरिएको हो । जिल्ला प्रशासन कार्यालय धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाको उपस्थितिमा नगर क्षेत्र भित्रका म’स्जिद र मद’रसाहरुको अवस्था र त्यस भित्रै रहेका व्यक्तिहरुको स्वास्थ्य अवस्था बारे सोधखोज पनि गरिएको छ ।

अनुगमनको क्रममा म’दरसाहरुमा सरकारले घोषणा गरेको लक डाउनको पालना गरिएको पाइएको थियो। मु’स्लिम समुदायको पर्वको बेलामा लक डाउनको अवस्थामा मद’रसा र म’स्जिदको अवस्था के कस्तो छ ? भन्ने बुझ्न र को;रोना संक्रमण बारे जन चेतना दिने उदेश्यले नै संयुक्त रुपमा अनुगमन गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाले बताउनु भयो ।

न’वाज पढ्दा पनि सामाजिक दूरी मायक गरिएको देखियो तर, कुनै कुनै स्थानमा भीड़ भाड़ बढ़ी देखिएको निरौलाले बताउनु भयो । आज अनुगमन गरिएको कुनै पनि स्थानमा अहिले सम्म जनकपुर नगरमा बाहिर बाट आएका तथा जामातीहरु नभेटिएका प्रजिअ निरौलाले स्पष्ट पार्नु भयो । न्यूज २४ नेपालमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्