काठमाडौ को’रोना मुक्त हुँदा खुसी लागेको छ : प्रधानमन्त्री ओली

काठमाडौं, वैशाख १२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं कोरोना बिरामी मुक्त हुँदा खुसी व्यक्त गर्नुभएको छ । शुक्रबार आफ्नो व्यक्तिगत ट्विटर ह्याण्डलबाट प्रधानमन्त्री ओलीले काठमाडौं उपत्यका हाललाई काठमाडौं को;रोना बिरामीमुक्त भएकोमा खुसी व्यक्त गर्नुभएको हो ।

‘को;रोना संक्रमित सबैभन्दा पाको उमेरकी ८१ बर्षिया जेष्ठ नागरिक सन्चो हुनु भएसँगै काठमाडौं उपत्यका हाललाई कोरोना बिरामीमुक्त भएकोमा सन्तोष लागेको छ । डिस्चार्ज भएका सबैको फेरि एकपटक सुस्वास्थयको कामना गर्दछु ।’ – उहाँले ट्वी’टर मार्फत् ट्वी’ट भएको छ ।

ललितपुर लगनखेलमा रहेको पाटन अस्पतालमा उपचार गराइरहेकी ८१ वर्षीया महिला बिहीबार निको भएर घर गएसँगै उपत्यकामा को;रोनाका कोही पनि बिरामी नभएको भन्दै प्रधानमनत्री ओलीले ट्वीट गरेर सन्तोष लागेको बताएका हुन्। पेप्सीकोला स्थित सनसिटी अपार्टमेन्टकी ८१ वर्षीया महिला को;रोना संक्रमण मुक्त भएको खुसी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सो घोषणा गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्