कतारमा मास्क नलगाए दुई लाख कतारी रियाल ज’रिवाना, तीन वर्षसम्म जे’ल

काठमाण्डौ – को;रोना स’ङ्क्रमण रोकथामका लागि कतारले मास्क नलगाउनेलाई कडा का’रबाही गर्ने भएको छ । कतारको मन्त्री परिषदले २६ अप्रिल अथवा आउँदो आइतबार देखि लागू हुने गरी मास्क नलगाउनेलाई तीन वर्षसम्म जे’ल स’जाय र दुई लाख रियालसम्म ज’रिवाना हुने नियम ल्याएको कतारमा रहेको नेपाली दूतावासले जनाएको छ ।

सरकारी र निजी क्षेत्रका कर्मचारी तथा सेवाग्राही, व्यापारी तथा किनमेलकर्ता, सेवा तथा निर्माण क्षेत्रमा काम गर्ने श्रमिकले अनिवार्य रुपमा मास्क लगाउन पर्नेछ। यी क्षेत्रमा कार्यरत श्रमिकलाई अनिवार्य रुपमा मास्क लगाउन र का’रबाहीबाट बच्न दूतावासले अनुरोध गरेको छ ।

नेपाली राजदूतावासले जारी गरेको सूचनामा भनिएको छ, “कतारको मन्त्रिपरिषद्ले आइतबार, २०२० अप्रिल २६ देखि लागु हुनेगरी सरकारी र निजी क्षेत्रका कर्मचारी तथा सेवाग्राही, व्यापारी तथा किनमेलकर्ता, सेवा तथा निर्माण क्षेत्रमा काम गर्ने व्यक्ति तथा काम दारहरुले गरी अनिवार्य रुपमा मास्क लगाउनु पर्ने निर्णय गरेको सार्वजनिक भएको छ। उल्लेखित निर्देशन पालना नगरेको खण्डमा सन् १९९० को कानुन नम्बर १७ बमोजिम अधिकतम तीनवर्ष जे’ल सजाय वा कतारी रियाल दुईलाखसम्म ज’रिबाना वा दुवै स’जाय हुने उल्लेख भएको हुनाले यस निर्देशनको पालना गर्नु–गराउनु हुन नेपाली राजदूतावास कतारमा बसोबास गर्ने सबै नेपालीहरुमा अनुरोध छ ।”

प्रतिक्रिया दिनुहोस्