फेसबूक मार्फत जरायोको मा’सु खान बोलाउने व्यक्ति प’क्राउ

देउखुरी : लक डाउनका बेला फेसबूक मार्फत लो’पोन्मुख वन्यजन्तु जरायोको मा’सु खान निम्ता दिने १ जनालाई वन कार्यालयले प’क्राउ गरेको छ । प’क्राउ पर्नेमा दाङको गढवा गाउँपालिका–६ का ३५ वर्षीय शिवराज पुन रहेका छन् ।उनलाई डिभिजन वन कार्यालय देउखुरीको टोलीले प’क्राउ गरेको हो। पुनले आफ्नो फेसबूकमा भान्सामा खानेकुरा बनाउँदै गरेको फोटो राख्दै ‘जरायोको मा’सु खान निम्तो’ दिएका थिए ।

उनले आफ्नो फेस बूकमा लेखेका थिए– लक डाउनको टाइमा पास, आज को नास्ता जरायोको सु’कुटी । मेरो घरमा स्वागत छ । पुनले स्टाटस लेखेको विषयमा आफूहरुमा सूचना पुगेपछि उनलाई प’क्राउ गरिएको डिभिजन वन कार्यालय देउखुरीका डिभिजनल प्रमुख प्रविण बिडारीले जानकारी दिए । प’क्राउ परेका पुन वि’रुद्ध राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अन्तर्गत अनुसन्धान अगाडि बढाइएको बिडारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्