६२ वर्षीय पुरुषमा को’रोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४९ पुग्यो

काठमाडौं : झापा १ जना पुरुषमा को;रोना भाइरस (को’भिड-१९) पुष्टि भएको छ। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परीक्षण अनुसार थप एकमा को;रोना पोजेटिभ देखिएको हो। सं’क्रमित झापा निवासी ६२ वर्षीय पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आइसाेलेसनमा रहेका उनको अवस्था सामान्य छ। उनको विषयमा थप विवरण आउन बाँकी छ। बिहीबार सम्म नेपालमा ४८ जनामा कोरोना पुष्टि भएको थियो। जसमध्ये १० जना निको भएका छन् भने अन्य ३८ जनाको विभिन्न अस्पतालमा उप चार भइरहेको छ। अहिलेसम्म आरडीटी विधिबाट ३८ हजार ८९ र पीसीआर विधिबाट ९ हजार ४०७ गरी जम्मा ४७ हजार चार सय ९६ जनाको नमुना परीक्षण भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा तीन हजार ७सय ९१ नमुना परीक्षण गर्दा सबैको रिपोर्ट नेगेटिभ आएको छ। अहिले क्वारेन्टाइनमा १२ हजार ९ सय ८५ जना रहेका छन् भने उपत्यकामा ३ र बाहिर ८६ गरेर ८९ जनाको आइसोलेसनमा उपचार भइराखेको छ।

प्रतिक्रिया दिनुहोस्