बागलुङकी १९ वर्षीया अंशु सापकोटाले जितिन् को’रोना, अस्पतालबाट डिस्चार्ज

काठमाडौं : बागलुङ बागलुङकी को;रोना संक्रमित १९ वर्षीया युवतिको को;रोना प’रीक्षणको छैठौँ रिपोर्ट पनि नेगेटिभ आएको छ । बागलुङ नगरपालिका ४ कुँडुलेकी १९ वर्षीया अशु सापकोटाको रिपोर्ट नेगे’टिभ आएको स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौँले दिनुभयो ।

युवतिको अवस्था सामान्य भए पनि यस अघिको चार वटा स्वाब रिपोर्ट को;रोना संक्रमण भएको पोजेटिभ रिपोर्ट नै आएको थियो । उनकाे डिस्चार्जकाे तयारी भइ रहेकाे बताइएकाे छ ।उनी चैत्र ४ गते बेल्जियमबाट कतार एयर वेजको बिमान हुँदै नेपाल फर्किएकी थिइन् । त्यही क्रममा चैत्र १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

काे;राेनालाई पराजित गरेकी अंशुले खुसी लागेकाे सुनाइन्। ‘निक्कै खुसी छु। कता-कता डर लागिरहेको थियो, तर नेगेटिभ आयो। अब अस्पताल बस्नुपरेन,’ उनले भनिन्, ‘अस्पताल हुन्जेल मन अस्थिर हुन्थ्यो, अब ढुक्क भयो ।’ गत साता मात्रै नेपालको छैठौ तथा जिल्लाको दोस्रो संक्रमित बानपा ३ गौडाकोटकी ६५ बर्षीया मनकुमारी पौडेल दम र प्रेसर रोगका बाबजुद पनि सहजै को;रोनालाई जितेर फर्किएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्