संसदीय समितिले भन्यो : ग्रीन जोनमा परेका स्थानलाई खुकुलो बनाउनू

काठमाडौं : राष्ट्रियसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले संक्रमणको प्रभाव अनुसार लक डाउन गर्न सरकारलाई सुझाव दिएको छ। समितिको शुक्रबार बसेको बैठकले संक्रमणको खतरा रहेका र सुरक्षित ठाउँ तोक्न सुझाव दिइएको समिति सभापति दिलकुमारी रावल(पार्वती) ले सेतोपाटीलाई बताइन्। ‘को;रोना भाइरसको संक्रमण रहिरहेकाले लक डाउनलाई निरन्तरता दिन भनेका छौं।

तर भूगोलको अवस्था हेरेर यसको निर्धारण गर्न पनि ध्यानाकर्षण गराएका छौं, ‘रावलले भनिन्,’रेड,एल्लो र ग्रीन जोन घोषणा गरेर हरियो जोनमा परेका स्थानलाई खुकुलो बनाउन समेत सुझाव दिएका छौं।’ सीमा नाकालाई कडाइ गर्ने र अन्तर्राष्ट्रिय उडान ब’न्द गर्न जरूरी रहेकोमा भने सबै सांसदहरूको एक मत रहेको उनले बताइन्।

बैठकमा सांसदहरूले बिउ विजन,रासयनिक मल,पशुपंक्षी आहार आदिको स्थानीय तहमार्फत् अथवा किसान समूहबाट वितरण गर्नुपर्ने र कृषकद्वारा उत्पादित तरकारी, दूध, अण्डा र माछाको बजारसम्म पुग्ने व्यवस्था हुनुपर्ने धारणा राखेका थिए। काठमाडौं लगायत ठूला सहरबाट घर जाने मानिसलाई प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी सुरक्षित व्यवस्थापन गर्न समेत सांसदहरूले सरकारसँग माग गरेका थिए।

दैनिक उपभोग्य तथा अत्यावश्यक खाद्य वस्तु तथा अन्य सामग्री उत्पादन गर्ने उद्योग सञ्चानलका लागि सरकारको विशेष ध्यान जानु पर्नेमा समेत उनीहरूले जोड दिएका थिए। त्यस्तै, स्थानीय तहहरूमा कोरोना भाइरसको रोकथामका लागि भइरहेको प्रयासबारे जान कारी लिन समितिले आइतबार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयेश त्रिपाठीलाई बोलाएको छ।

प्रतिक्रिया दिनुहोस्